5 years ago
May 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं रेजर्सले खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्विनीविरुद्ध खेलको सुरुवातमा अग्रता लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा स्टेफन विनोङ समिरको गोलबाट काठमाडौंले अग्रता लिएको हो । चौथो मिनेटमा तेज तामाङको क्रस पासलाई स्टेफन विनोङ समिरको हेडरलाई गोलरक्षक विशाल श्रेष्ठले गोललाइनबाट बचाए ।
लगत्तै पाँचौ मिनेटमा स्टेफन विनोङ समिरले गोलरक्षक अघि बढेको अवस्थामा गोल गर्दै काठमाडौं रेजर्सलाई १–० को अग्रता दिलाए । गोललाइनबाट मान बहादुर परियारले बचाउने प्रयास गरेपनि सफल हुन सकेन ।
लगत्तै छैटौं मिनेटमा सुमन लामाले लगेको बलमा विश्वास श्रेष्ठले लडाएपछि रेफ्री कविन व्यन्जनकारले बुटवल लुम्विनीलाई पेनाल्टी प्रदान गरेको थियो । तर, विलियन ओपोकु एसेइडुको पेनाल्टीलाई काठमाडौंका कप्तान तथा मार्की खेलाडी विकेश कुथुले बचाउदै बराबरी टारे ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]