5 years ago
May 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं रेजर्सले खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्विनीविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा स्टेफन विनोङ समिरको गोलबाट काठमाडौंले पहिलो हाफमा १–० को अग्रता लिएको हो । खेलको चौथो मिनेटमा तेज तामाङको क्रस पासलाई स्टेफन विनोङ समिरको हेडरलाई गोलरक्षक विशाल श्रेष्ठले गोललाइनबाट बचाउदा अग्रता लिन चुकेको काठमाडौंले पाँचौ मिनेटमा अग्रता लिएको हो ।
पाँचौ मिनेटमा तेज तामाङले सेन्टर लाइनबाट दिएको लामो पासमा स्टेफन विनोङ समिरले गोलरक्षक अघि बढेको अवस्थामा गोल गर्दै काठमाडौं रेजर्सलाई १–० को अग्रता दिलाए । गोललाइनबाट मान बहादुर परियारले बचाउने प्रयास गरेपनि सफल हुन सकेन । लगत्तै छैटौं मिनेटमा सुमन लामाले लगेको बलमा विश्वास श्रेष्ठले लडाएपछि रेफ्री कविन व्यन्जनकारले बुटवल लुम्विनीलाई पेनाल्टी प्रदान गरेको थियो । तर, विलियन ओपोकु एसेइडुको पेनाल्टीलाई काठमाडौंका कप्तान तथा मार्की खेलाडी विकेश कुथुले बचाउदै बराबरी टारे ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा सुदिल राईको पासमा आशिष राईको पेनाल्टी बक्सबाहिरको प्रहार क्रसबारमा लागेर फर्कदा काठमाडौं अग्रता दोब्बर पार्नबाट चुक्यो । दोस्रो हाफ केहीवेरमा शुरु हुनेछ ।
चौथो चरणको खेल जारी रहँदा विराटनगर ४ खेलबाट ७ अंक जोडेर शीषस्थानमा छ । समान ७ अंक रहेपनि हेड टु हेड र गोलअन्तरमा धनगढी दोस्रो स्थानमा छ । बुटवल लुम्विनी ३ खेलबाट ५ अंक जोडेर तेस्रो स्थानमा तथा चार खेलबाट ५ अंक जोडेको पोखरा थन्डर्स चौथो स्थानमा रहेको छ । ४ अंक जोडेको काठमाडौं रेजर्स पाँचौ स्थानमा रहेका छन् । ३ अंक जोडेको ललितपुर छैटौ स्थानमा तथा चार खेलबाट २ अंक जोडेको चितवन पुछारमा रहेको छ । ललितपुर र चितवनको शीर्ष चारमा पर्ने सम्भावना न्युन छ ।
लिगमा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले फाइनल प्रवेशका लागि २८ बैशाखमा खेल्नेछ । यस खेलमा पराजित हुने टोलीले २९ बैशाखमा तेस्रो र चौथो हुने टोलीबीचको विजेतासँग पुनः फाइनल प्रवेशका लागि ३० बैशाखमा खेल्नेछ । फाइनल १ जेठमा हुनेछ ।
नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।
प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]