default_image

5 years ago

May 4, 2021

बुटवल लुम्विनीमाथि काठमाडौंको जित

242 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं रेजर्सले खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्विनीलाई पराजित गरेको छ । स्टेफन विनोङ समिरको गोल मद्दतमा काठमाडौंले बुटवल लुम्विनीलाई १–० ले पराजित गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलको चौथो मिनेटमा तेज तामाङको क्रस पासलाई स्टेफन विनोङ समिरको हेडरलाई गोलरक्षक विशाल श्रेष्ठले गोललाइनबाट बचाउदा अग्रता लिन चुकेको काठमाडौंले पाँचौ मिनेटमा अग्रता लिएको हो ।

पाँचौ मिनेटमा तेज तामाङले सेन्टर लाइनबाट दिएको लामो पासमा स्टेफन विनोङ समिरले गोलरक्षक अघि बढेको अवस्थामा गोल गर्दै काठमाडौं रेजर्सलाई १–० को अग्रता दिलाए । गोललाइनबाट मान बहादुर परियारले बचाउने प्रयास गरेपनि सफल हुन सकेन ।

लगत्तै छैटौं मिनेटमा सुमन लामाले लगेको बलमा विश्वास श्रेष्ठले लडाएपछि रेफ्री कविन व्यन्जनकारले बुटवल लुम्विनीलाई पेनाल्टी प्रदान गरेको थियो । तर, विलियन ओपोकु एसेइडुको पेनाल्टीलाई काठमाडौंका कप्तान तथा मार्की खेलाडी विकेश कुथुले बचाउदै बराबरी टारे । १३औं मिनेटमा मेसौके ओलुमोउको प्रहारलाई विशाल श्रेष्ठले दोस्रो प्रयासमा नियन्त्रणमा लिन सफल भए । १८औं मिनेटमा कर्नराट आएको बलमा छिरिङ गुरुङको प्रहार डिफेन्डरले ब्लक गरे ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा सुदिल राईको पासमा आशिष राईको पेनाल्टी बक्सबाहिरको प्रहार क्रसबारमा लागेर फर्कदा काठमाडौं अग्रता दोब्बर पार्नबाट चुक्यो । ५३औं मिनेटमा विश्वास श्रेष्ठको क्रस पासलाई बुटवल लुम्विनीका गोलरक्षक विशाल श्रेष्ठले मुस्किलले बचाए । ६४औं मिनेटमा आशिष लामाको प्रहार पोस्टबाट थोरै बाहिरिदा बुटवल लुम्विनी बराबरीबाट चुक्यो ।

काठमाडौं रेजर्सका सुदिल राई इमर्जिङ खेलाडी घोषित भए । उनले १० हजार रुपैयाँ हात पारे । काठमाडौंकै मार्की खेलाडी तथा गोलरक्षक विकेश कुथु प्लेय अफ दि म्याच चुनिए । उनले २५ हजार रुपैयाँ हात पारे ।

जितपछि काठमाडौं चार खेलबाट ७ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । शीर्षस्थानको धनगढी एफसी र विराटनगर सिटी एफसीसँग समान ७ अंक भएपनि काठमाडौं गोलअन्तरमा पछि परेको हो । पराजित बुटवल लुम्विनी ४ खेलबाट ५ अंक जोडेर चौथो स्थानमा झरेको छ । पोखरा थन्डर्स ५ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

ललितपुर ३ अंक जोडेर छैटौ तथा चितवन २ अंक जोडेर पुछारमा छ । ललितपुर र चितवनको शीर्ष चारमा पर्ने सम्भावना न्युन छ । लिगमा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले फाइनल प्रवेशका लागि २८ बैशाखमा खेल्नेछ । यस खेलमा पराजित हुने टोलीले २९ बैशाखमा तेस्रो र चौथो हुने टोलीबीचको विजेतासँग पुनः फाइनल प्रवेशका लागि ३० बैशाखमा खेल्नेछ । फाइनल १ जेठमा हुनेछ ।

लिगमा बुधबार धनगढी एफसी र पोखरा थन्डर्सबीच साँझ ५ः३० बजे प्रतिस्पर्धा हुनेछ । नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ ।

एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् । प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.