default_image

3 years ago

May 5, 2021

स्पोर्टिङ लिस्वनबाट सन्न्यास लिने रोनाल्डोको चाहना !

एजेन्सी – इटालियन क्लब युभेन्ट्सका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफ्नो व्यवसायिक खेल जीवनको अन्त्य आफ्नो पुर्वक्लब स्पोर्टिङ लिस्वनबाट अन्त्य गर्ने चाहना रहेको बताएका छन् । युभेन्टसमा रोनाल्डोको सम्झौता २०२२ जुनसम्म रहेको छ । उनी आफ्नो सम्झौता अवधिसम्म युभेन्टसमै खेल्ने र त्यसपछि आफुले व्यवसायिक खेल जीवन सुरु गरेको क्लबबाट खेल्दै सन्न्यास लिन चाहना देखाएका हुन् । […]

40 views

0 Bookmark

एजेन्सी – इटालियन क्लब युभेन्ट्सका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफ्नो व्यवसायिक खेल जीवनको अन्त्य आफ्नो पुर्वक्लब स्पोर्टिङ लिस्वनबाट अन्त्य गर्ने चाहना रहेको बताएका छन् ।

युभेन्टसमा रोनाल्डोको सम्झौता २०२२ जुनसम्म रहेको छ । उनी आफ्नो सम्झौता अवधिसम्म युभेन्टसमै खेल्ने र त्यसपछि आफुले व्यवसायिक खेल जीवन सुरु गरेको क्लबबाट खेल्दै सन्न्यास लिन चाहना देखाएका हुन् । पाँच पटकको बालोन डिओर विजेता ३६ वर्षीय रोनाल्डोले ४० वर्षको उमेरसम्म खेल्न सक्ने छ ।

गतबर्ष रोनाल्डोकी आमाले स्पोर्टिङको जर्सी च्यापेको साथै जर्सीमा रोनाल्डोको नम्बर ७ अंकित भएको भिडियो सामाजिक सञ्जालमा बाहिरिएको थियो । रोनाल्डोलाई केहि समयअघि स्पोर्टिङले सम्मान गर्दै घरेलु रंगशालाको नाम समेत रोनाल्डो कै नाममा गरिएको थियो । स्पोर्टिङको क्लब एकेडेमीको नाम हाल एकेडेमी क्रिस्टियानो रोनाल्डो राखिएको छ ।

रोनाल्डोले १२ बर्षे उमेरमा नै लिस्बनका निम्ति खेल खेलेका थिए । युनाइटेड प्रवेश गर्नु पुर्ब उनले लिस्बनका निम्ति ३१ खेल खेलेका थिए । अद्भुत रोनाल्डोले लिस्वनमा आफ्नो प्रतिभा प्रस्फुटन गर्दा म्यानचेस्टर युनाइटेडमा आफ्नो प्रतिभा निखारेका थिए । त्यसपछि उनले आफ्नो सबैभन्दा सफल व्यवसायिक खेल जीवन स्पेनिस क्लब रियल म्याड्रिडमा बिताएका थिए । रियलका सर्वाधिक गोलकर्ता रहेका रोनाल्डोले ४३८ खेलमा ४५० गोल गरेका छन् ।

सबैलाई आश्चर्यमा पार्दै रोनाल्डोले २०१८ मा रियल छाड्दै युभेन्टस पुगेका थिए । युभेन्टसमा पनि रोनाल्डोको प्रदर्शनमा उतारचढावपुर्ण रहँदै आएको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.