5 years ago
May 5, 2021
काठमाडौं (हाम्रो खेलकुद) – खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा लिगमा आज बुधबार लिग चरणको पाँचौ राउन्डको खेलमा धनगढी एफसी र पोखरा थन्डर्स प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बीच साँझ ५:३० बजे पछि हुनेछ ।

यस खेलमा हार बेहोर्ने टोलीको शीर्ष चारको यात्रा कमजोर बन्नेछ । त्यसैले दुवै टोली स्पष्ट ३ अंकको लक्ष्यमा मैदान उत्रनेछ । पोखरा थन्डर्सलाई हराउँदै धनगढी शीर्षस्थानमा उक्लने लक्ष्यमा मैदानमा उत्रनेछ । धनगढी ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
धनगढीसँग लिगमा सर्वाधिक गोलकर्ताको शीर्षस्थानमा रहेका नाइजेरियन फरवार्ड ओलावाले ओलाडिपो आफिज, फ्रान्कलिन कुटे टाल्ला, आइकोनिक खेलाडी तथा कप्तान किरण चेम्जोङ, विशाल राई, दिनेश राजवंशी, विवेक बस्नेत, अशोक खवास, निशान खड्का, टंक बस्नेत, पुजन उपरकोटी, दर्शन गुरुङ, युद्ध शाही टोलीमा छन् । यस्तै सौजन याख्खा राई, निशान लिम्बु, बुद्ध बल, टेकेन्द्र थापा र निराजन महर्जन टोलीमा रहेका छन् । आफिजले लिगको चार खेलमा चार गोल गरेका छन् ।
यता, ५ अंक जोडेर पाँचौ स्थानमा रहेको पोखरा थन्डर्स पनि लिगमा उच्च लयमा रहेको धनगढीलाई स्तब्ध पार्दै शीर्षस्थानमा उक्लने योजनामा हुनेछ । बराबरी या हारले पोखराको शीर्ष चारमा पर्ने सम्भावना झिनो बन्नेछ । त्यसैले पोखरा निश्चित जितको लक्ष्यमा मैदान उत्रनेछ ।
पोखराले चार खेल खेल्दा १ जित, २ बराबरी र १ हारको नतिजा निकालेको छ ।

पोखरासँग कप्तान तथा मार्की खेलाडी नवयुग श्रेष्ठ, गोलरक्षक दिप कार्की, अजित भण्डारी, पदम मोक्तान, रवि पासवान, नितिन थापा, आयुष घलान, गौतम श्रेष्ठ, प्रविन स्याङ्तान, मान बहादुर तामाङ, दिपक गुरुङ, अनिल गुरुङ, राजेश परियार, कमल थापा र लगायतका खेलाडी छन् । विदेशी खेलाडीमा मोउसा अब्बा, राफयल रिमगागो र केट्चा यान्निक छन् ।
समान ७ अंक रहँदा विराटनगर सिटी एफसी शीर्ष, धनगढी दोस्रो र काठमाडौं रेजर्स तेस्रो स्थानमा रहेको छ । समान ५ अंक रहेपनि बुटवल लुम्विनी चौथो तथा पोखरा पाँचौ स्थानमा रहेको छ । ललितपुर ३ अंक जोडेर छैटौ तथा चितवन २ अंक जोडेर पुछारमा छ ।
लिगमा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले फाइनल प्रवेशका लागि २८ बैशाखमा खेल्नेछ । यस खेलमा पराजित हुने टोलीले २९ बैशाखमा तेस्रो र चौथो हुने टोलीबीचको विजेतासँग पुनः फाइनल प्रवेशका लागि ३० बैशाखमा खेल्नेछ । फाइनल १ जेठमा हुनेछ ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।
प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]