default_image

5 years ago

May 5, 2021

अभिषेकले बुटवल लुम्बिनीबाट खेल्ने

167 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका फरवार्ड अभिषेक रिजालले बुटवल लुम्बिनी एफसीबाट खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा खेल्ने भएका छन् ।

अभिषेकले बुटवलबाट खेल्ने पक्का भएको हाम्रो खेलकुदलाई जानकारी गराए । बुटवल लुम्विनीले अन्तिम समयमा रिजाललाई अनुबन्ध गरेको हो । उनी बुधबारनै नै टोलीको प्रशिक्षणमा जुटिसकेका छन् ।

अभिषेकले फरवार्ड अर्मान्ड बेमोन्डको स्थान लिनेछन् । अर्मान्ड घाइते भएपछि क्लबले उनको स्थानमा अभिषेकलाई अनुबन्ध गर्ने निर्णय लिएको हो । अभिषेक भारतीय क्लब एजवालमा अनुबन्धित रहेका कारण चैत ६ गते भएको एनएसएलको अक्सनका समावेश गरिएका थिएनन् ।

लिग चरणको चौथो चरणको खेल सकिँदा बुटवल लुम्बिनी ५ अंकका साथ अंकतालिकाको चौथो स्थानमा छ । लुम्बिनीले लिग चरणमा ललितपुर सिटी एफसी र धनगढी एफसीसँग खेल्न बाँकी छ । नेपाली टोलीले गत महिना स्वदेशमा आयोजना भएको थ्री नेसन्स कप जित्दा अभिषेक त्यसका सदस्य थिए । बंगलादेशलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.