5 years ago
May 5, 2021
काठमाडौं (हाम्रो खेलकुद) – खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा लिगको पाँचौ पाँचौ राउन्डको खेलमा धनगढी एफसी र पोखरा थन्डर्सले पहिलो हाफमा बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा धनगढी र पोखराले पहिलो हाफमा गोलरहित बराबरी खेलेका हुन् । खेलको २२औं मिनेटमा अशोक खवासको फ्रिकिक पेनाल्टी बक्समा क्लियर हुन नसक्दा हुलमुलमा ओलावाले ओलाडिपो आफिजको प्रहारलाई डिफेन्डरले ब्लक गर्दै बचाउँदा धनगढी एफसी अग्रता लिनबाट चुक्यो ।
२६औं मिनेटमा मौसा अब्बाले वान भर्र्सेस वानको अवस्थामा गरेको प्रहार धनगढीका गोलरक्षक तथा कप्तान किरण चेम्जोङले बचाउदा रिवाउन्डमा रवि पासवानको प्रहार बाहिरियो ।

मुख्य फरवार्ड ओलावाले ओलाडिपो आफिजले चोट बोकेपछि धनगढीको अग्रपङ्ति फितलो बनेको थियो । उनलाई ३७औं मिनेटमा दर्शन गुरुङले प्रतिस्थापन गरेका थिए । ४०औं मिनेटमा मौसा अब्बाको फ्रिकिकमा अजित भण्डरीले प्रहार गर्न नसकेको बललाई नवयुग श्रेष्ठले भेट्टाएपनि प्रहार गर्न ढिला गर्दा प्रहार गर्न ढिला गर्दा उनले दुई अवसर पाएपनि उनको दुई प्रहारलाई डिफेन्डर र गोलरक्षक किरणले बचाउँदा पोखरा अग्रता लिनबाट चुक्यो ।
यस खेलमा हार बेहोर्ने टोलीको शीर्ष चारको यात्रा झिनो बन्नेछ । त्यसैले दुवै टोली स्पष्ट ३ अंकको लक्ष्यमा मैदान उत्रनेछ । पोखरा थन्डर्सलाई हराउँदै धनगढी शीर्षस्थानमा उक्लने लक्ष्यमा मैदानमा उत्रनेछ । धनगढी ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । ५ अंक जोडेर पाँचौ स्थानमा रहेको पोखरा थन्डर्स पनि लिगमा उच्च लयमा रहेको धनगढीलाई स्तब्ध पार्दै शीर्षस्थानमा उक्लने योजनामा हुनेछ । बराबरी या हारले पोखराको शीर्ष चारमा पर्ने सम्भावना झिनो बन्नेछ । त्यसैले पोखरा निश्चित जितको लक्ष्यमा मैदान उत्रनेछ ।
समान ७ अंक रहँदा विराटनगर सिटी एफसी शीर्ष, धनगढी दोस्रो र काठमाडौं रेजर्स तेस्रो स्थानमा रहेको छ । समान ५ अंक रहेपनि बुटवल लुम्विनी चौथो तथा पोखरा पाँचौ स्थानमा रहेको छ । ललितपुर ३ अंक जोडेर छैटौ तथा चितवन २ अंक जोडेर पुछारमा छ । लिगमा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले फाइनल प्रवेशका लागि २८ बैशाखमा खेल्नेछ । यस खेलमा पराजित हुने टोलीले २९ बैशाखमा तेस्रो र चौथो हुने टोलीबीचको विजेतासँग पुनः फाइनल प्रवेशका लागि ३० बैशाखमा खेल्नेछ । फाइनल १ जेठमा हुनेछ ।
नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।
प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]