5 years ago
May 5, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सब्सिच्युट दर्शन गुरुङको गोलमा धनगढी एफसीले खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा लिगमा
पोखरा थन्डर्सलाई पराजित गरेको छ ।

३७औं मिनेटमा ओलावाले ओलाडिपो आफिजको स्थानमा मैदान छिरेका दर्शनले ६८औं मिनेटमा गोल गर्दै धनगढीलाई १–० को जित दिलाएका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलको २२औं मिनेटमा अशोक खवासको फ्रिकिक पेनाल्टी बक्समा क्लियर हुन नसक्दा हुलमुलमा ओलावाले ओलाडिपो आफिजको प्रहारलाई डिफेन्डरले ब्लक गर्दै बचाउँदा धनगढी एफसी अग्रता लिनबाट चुक्यो ।
२६औं मिनेटमा मौसा अब्बाले वान भर्सेस वानको अवस्थामा गरेको प्रहार धनगढीका गोलरक्षक तथा कप्तान किरण चेम्जोङले बचाउदा रिवाउन्डमा रवि पासवानको प्रहार बाहिरियो ।

मुख्य फरवार्ड ओलावाले ओलाडिपो आफिजले चोट बोकेपछि धनगढीले उनको स्थानमा ३७औं मिनेटमा दर्शन गुरुङलाई मैदान पठाएको थियो । ४०औं मिनेटमा मौसा अब्बाको फ्रिकिकमा अजित भण्डरीले प्रहार गर्न नसकेको बललाई नवयुग श्रेष्ठले भेट्टाएपनि प्रहार गर्न ढिला गर्दा उनले दुई अवसर पाएपनि उनको दुई प्रहारलाई डिफेन्डर र गोलरक्षक किरणले बचाउँदा पोखरा अग्रता लिनबाट चुक्यो ।
६८औं मिनेटमा सब्सिच्युट दर्शन गुरुङले सुन्दर गोल गर्दै धनगढीलाई १–० को अग्रता दिलाए । डिफेन्सले क्लियर गर्न नसकेको बललाई दर्शनले नियन्त्रणमा लिदै गरेको प्रहार पोजिसनमा नरहेका गोलरक्षक दीप कार्कीले ठम्याउन सकेन । त्यसअघि ६७औं मिनेटमा दर्शन गुरुङको प्रहारलाई गोलरक्षक दीप कार्कीले बचाएका थिए ।
७४औं मिनेटमा कप्तान अनिल गुरुङको प्रहारलाई दिनेश राजवंशीलाई डिफ्लेक्ट हुदै बाहिरिदा पोखरा बराबरीबाट चुक्यो । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा रमेश दंगालको ब्याक हेडरलाई गोलरक्षक किरण चेम्जोङले पञ्च गर्दै बचाउँदा पोखरा बराबरीबाट बञ्चित बन्यो ।

धनगढीका अशोक खवास इमर्जिङ खेलाडी घोषित भए । उनले १० हजार रुपैया हात पारे । धनगढीका आइकोनिक खेलाडी तथा कप्तान किरण चेम्जोङ प्लेयर अफ दि म्याच घोषित भए । उनले २५ हजार रुपैया हात पारे ।
जितपछि धनगढी ५ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा उक्लदै शीर्ष चारमा स्थान पक्का गरेको छ । पराजित पोखराको भने शीर्ष चारमा पर्ने सम्भावना न्युन बनेको छ । पोखराको ५ खेलबाट ५ अंक छ । समान ७ अंक रहँदा विराटनगर सिटी एफसी दोस्रो तथा काठमाडौं रेजर्स तेस्रो स्थानमा रहेको छ । समान ५ अंक रहेपनि बुटवल लुम्विनी चौथो तथा पोखरा पाँचौ स्थानमा रहेको छ । ललितपुर ३ अंक जोडेर छैटौ तथा चितवन २ अंक जोडेर पुछारमा छ ।
लिगमा बुधबार दुई खेल हुनेछ । पहिलो खेलमा दिउँसो २ः३० बजे ललितपुर सिटी एफसी र बुटवल लुम्विनी तथा दोस्रो खेलमा साँझ ५ः३० बने काठमाडौं रेजर्स र विराटनगर सिटी एफसीबीच प्रतिस्पर्धा हुदैछ ।
लिगमा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले फाइनल प्रवेशका लागि २८ बैशाखमा खेल्नेछ । यस खेलमा पराजित हुने टोलीले २९ बैशाखमा तेस्रो र चौथो हुने टोलीबीचको विजेतासँग पुनः फाइनल प्रवेशका लागि ३० बैशाखमा खेल्नेछ । फाइनल १ जेठमा हुनेछ ।
नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।
प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]