default_image

3 years ago

May 5, 2021

रामोस रियलको पहिलो रोजाइमा

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडका कप्तान सर्जियो रामोस पहिलो रोजाइमा परेका छन् । चोटका कारण केहि समय मैदानबाहिर रहेका रामोसले दोस्रो लेगमा भने पुनरागमन गर्ने भएका हुन् । उनले चोटग्रस्त राफेल भारनको स्थान लिनेछन् । उनीसँगै सेन्टर डिफेन्समा इडर मिलिसाओले खेल्नेछन् । डिफेन्समा ड्यानी कार्भाजल घाइते हुँदा नाचो फर्नान्डेजले […]

70 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडका कप्तान सर्जियो रामोस पहिलो रोजाइमा परेका छन् ।

चोटका कारण केहि समय मैदानबाहिर रहेका रामोसले दोस्रो लेगमा भने पुनरागमन गर्ने भएका हुन् । उनले चोटग्रस्त राफेल भारनको स्थान लिनेछन् । उनीसँगै सेन्टर डिफेन्समा इडर मिलिसाओले खेल्नेछन् । डिफेन्समा ड्यानी कार्भाजल घाइते हुँदा नाचो फर्नान्डेजले राइट ब्याकमा खेल्नेछन् । त्यस्तै फर्लान्ड मेन्डी लेफ्ट ब्याकको जिम्मेवारीमा छन् ।

गोलरक्षकमा थिबाउट कोर्टुवा नै नियमित छन् । रियल म्याड्रिडको मिडफिल्डमा टोनी क्रुस, क्यासेमिरो र लुका मोड्रीच तीनैजना रहेका छन् । यी तीनले पछिल्लो समय नियमित रुपमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । आक्रमणमा मुख्य फरवार्ड करीम बेन्जेमा र भिनीसियस जुनिअरसँगै इडेन हाजार्ड रहेका छन् । हाजार्ड चेल्सी छाडेपछि पहिलो पटक स्टामफर्ड ब्रिजमा खेल्दैछन् ।

यता चेल्सीले भने पहिलो लेगमा सुरुवाती गोल गरेका विंगर क्रिस्टियन पुलिसिचलाई बेन्चमा राखेको छ । उनको स्थानमा जर्मन मिडफिल्डर काइ हाभर्ट्ज टोलीमा आएका छन् । काइसँगै मेसन माउन्ट र टिमो वेर्नरले चेल्सीको आक्रमण सम्हाल्नेछन् ।

प्रशिक्षक थोमस टुचेलले एन्टोनियो रुडीगर, अन्द्रेस क्रिस्टेनसन र थियागो सिल्भासँगै बेन चिल्वेल र सेजार एज्पिलिक्वेटालाई डिफेन्समा उतारेका छन् । मिडफिल्डको जिम्मेवारी एनगोलो कान्टे र जर्जिन्होले सम्हाल्नेछन् । गोलरक्षकमा मेन्डी नै निरन्तर रहेका छन् ।

चेल्सीले रियलको घरेलु मैदानमा १-१ को बराबरीमा रोक्दै केहि राहतको सास फेरेको थियो । रियललाई फाइनलमा प्रवेश गर्न कम्तिमा एक गोल गर्नपर्ने अवस्था छ । गोलरहित बराबरीमाको अवस्थामा चेल्सी अवे गोलको आधारमा अघि बढ्नेछ । यस खेलको विजेताले फाइनलमा म्यानचेस्टर सिटीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.