default_image

5 years ago

May 6, 2021

ललितपुर पहिलो जितको खोजीमा

174 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – खुकरी नेपाल सुपर लिग (एनएसएल) मा आज बिहीबार पाँचौ राउन्ड अन्तरगत दुई खेलमा प्रतिस्पर्धा हुँदैछ ।

ललितपुर सिटी एफसी र बुटवल लुम्विनीबीचको खेल दिउँसो २ः३० बजे तथा काठमाडौं रेजर्स र विराटनगर सिटी एफसीबीचको खेल साँझ ५ः३० बजे हुनेछ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

३ अंक जोडेर छैटौं स्थानमा रहेको ललितपुर सिटी बुटवल लुम्विनीलाई हराउँदै शीर्ष चारको सम्भावनालाई जीवितै राख्ने दाउमा हुनेछ । लिगमा चौथो चरणको खेल सकिदा एक खेलमा पनि जित निकाल्न नसकेको ललितपुर पहिलो जितको खोजीमा हुनेछ । यस खेलमा पराजित भए ललितपुर लिग चरणबाट नै बाहिरिनेछ ।

ललितपुरसँग मार्की खेलाडी तथा कप्तान अन्जन विष्ट कमल श्रेष्ठ, प्रवेश दनुवार, एरिक विष्ट, नविन लामा, विमल राना, निरोज बस्नेत, गोलरक्षक अर्पण कार्की रहँदा विदेशी खेलाडीमा नुर्लान नोभ्रुजोभ, भिलिम पोसिन्कोभिक र पिटर सेगुन छन् ।

यस्तै मिक्चेन तामाङ, सरोज योन्जन लामा, रन्जन विष्ट, पाल्साङ लामा, गौरव बुढाथोकी र डोना थापा पनि टोलीमा छन् । ललितपुरले चार खेलमा ३ बराबरी र एक हारको नतिजा निकालेको छ । ललितपुर पहिलो खेलमा काठमाडौं रेजर्ससँग १–० ले पराजित भएको थियो । चितवन र धनगढीसँग १–१ गोलको बराबरी खेल्दा पोखरासँग गोलरहित बराबरी खेलेको थियो ।

लगातारको खराव नतिजासँगै ललिचपुरले आफ्ना मुख्य प्रशिक्षक प्रदिप हुमागाईंलाई पोखरासँगको खेलपछि बर्खास्त गरेको थियो । उनको स्थानमा सहायक प्रशिक्षक राजु तामाङले ललितपुरको टचलाइन सम्हाल्नेछन् ।

यता, बुटवल लुम्विनी पनि ललितपुरलाई हराउँदै शीर्ष चारको यात्रालाई थप मजवुत बनाउँने योजनामा हुनेछ । बुटवल लुम्विनी चार खेलबाट ५ अंक जोडेर चौथो स्थानमा छ । विशाल श्रेष्ठको कप्तानीमा रहेको बुटवल लुम्विनीसँग विराज महर्जन, लक्ष्मण रुचाल, रविन श्रेष्ठ, सेसेहाङ आङदेम्बे, मान बहादुर परियार, अमिर श्रेष्ठ, आशिष लामा, सुमन लामा, जय गुरुङ र रन्दिप पौडेल, ओमोलाजा नुरेन करिम र विलियम ओपोकु रहेका छन् । बुटवल लुम्विनीले चोट बोकेका अर्मान्डको स्थानमा राष्ट्रिय टोलीका फरवार्ड अभिषेक रिजाललाई अनुबन्ध गरेको छ । उनले ललितपुरविरुद्ध खेल्ने सम्भावना छ ।

धनगढी एफसीले एनएसएलको प्ले अफमा स्थान पक्का गरिसकेको छ । शीर्षस्थानमा रहेको धनगढीको ५ खेलबाट १० अंक छ । समान ७ अंक रहँदा विराटनगर सिटी एफसी दोस्रो तथा काठमाडौं रेजर्स तेस्रो स्थानमा रहेको छ । समान ५ अंक रहेपनि बुटवल लुम्विनी चौथो तथा पोखरा पाँचौ स्थानमा रहेको छ । ललितपुर ३ अंक जोडेर छैटौ तथा चितवन २ अंक जोडेर पुछारमा छ ।

लिगमा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले फाइनल प्रवेशका लागि २८ बैशाखमा खेल्नेछ । यस खेलमा पराजित हुने टोलीले २९ बैशाखमा तेस्रो र चौथो हुने टोलीबीचको विजेतासँग पुनः फाइनल प्रवेशका लागि ३० बैशाखमा खेल्नेछ । फाइनल १ जेठमा हुनेछ ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.