default_image

5 years ago

May 6, 2021

प्ले अफमा पुग्न काठमाडौं रेजर्स र विराटनगर भिड्दै

149 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – खुकरी नेपाल सुपर लिग (एनएसएल) मा आज बिहीबार पाँचौ राउन्ड अन्तरगत दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजे हुने खेलमा तथा काठमाडौं रेजर्स र विराटनगर सिटी एफसी खेल्दैछन् ।

त्यसअघि दशरथ रंगशालामा ललितपुर सिटी एफसी र बुटवल लुम्विनीबीच खेल हुनेछ । काठमाडौं रेजर्स र विराटनगर दुवैको लागि यो खेल निकै महत्वुपर्ण छ । समान ७ अंक रहेपनि गोलअन्तरमा विराटनगर दोस्रो तथा काठमाडौं तेस्रो स्थानमा छ ।

यस्तो अवस्थामा दुवै टोलीको लागि शीर्ष चारमा स्थान पक्का गर्न जित बाहेकको विकल्प छैन । हार या बराबरीले दुवै टोलीको शीर्षचारको यात्रा कठिन बन्नेछ । काठमाडौंलाई हराउन सके विराटनगरले अंक तालिकाको शीर्षस्थानमा उक्लदै प्लेअफमा स्थान पक्का गर्नेछ । बुधबार पोखरालाई १–० ले पराजित गर्दै धनगढीले प्ले अफमा स्थान पक्का गरिसकेको छ ।

रन्जित धिमालको कप्तानीमा रहेको विराटनगरसँग गोलरक्षक किशोर गिरी, विक्रम धिमाल, सरोज दाहाल, सुनिल बल, सुरज ज्यु ठकुरी, विजय धिमाल, सन्तोष तामाङ, हेम तामाङ, सुशिल लामा, मनिष डाँगी, सुनिल खड्का र निरकुमार राई रहेका छन् । विदेशी खेलाडीको रुपमा पेड्रो मान्जी, एडेलाजा सोमिडे र अलरिच सिवे रहेका छन् । लयमा रहेका सन्तोष तामाङले लिगमा तीन तथा पेड्रो मान्जीले दुई गोल गरिसकेका छन् । उनीहरु नै काठमाडौंविरुद्ध टोलीका हतियार हुनेछ ।

यता, काठमाडौंलाई पनि शीर्षचारमा पनको लागि विराटनगरविरुद्ध जितको खाँचो छ । टोलीसँग मार्की खेलाडी तथा कप्तानको रुपमा गोलरक्षक विकेश कुथु रहँदा विदेशी खेलाडीमा मेसौके ओलुमोउ, स्टेफेन समिर र फ्लोरेन्ट कोर्वा रहेका छन् । यस्तै तेज तामाङ, सन्जोक राई, सुदिप शिख्रकार, राजन गुरुङ, विश्वास श्रेष्ठ, बिमल पाण्डेय, आशिष गुरुङ, विनय श्रेष्ठ, रुमेश बर्तौला, अन्जन राई, पृथ्वी चौधरी, सुदिल राई र प्रेजेन तामाङ टोलीमा छन् ।

धनगढी एफसीले एनएसएलको प्ले अफमा स्थान पक्का गरिसकेको छ । शीर्षस्थानमा रहेको धनगढीको ५ खेलबाट १० अंक छ । समान ७ अंक रहँदा विराटनगर सिटी एफसी दोस्रो तथा काठमाडौं रेजर्स तेस्रो स्थानमा रहेको छ । समान ५ अंक रहेपनि बुटवल लुम्विनी चौथो तथा पोखरा पाँचौ स्थानमा रहेको छ । ललितपुर ३ अंक जोडेर छैटौ तथा चितवन २ अंक जोडेर पुछारमा छ ।

लिगमा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले फाइनल प्रवेशका लागि २८ वैशाखमा खेल्नेछ । यस खेलमा पराजित हुने टोलीले २९ वैशाखमा तेस्रो र चौथो हुने टोलीबीचको विजेतासँग पुनः फाइनल प्रवेशका लागि ३० वैशाखमा खेल हुनेछ । फाइनल १ जेठमा हुनेछ ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.