default_image

3 years ago

May 6, 2021

पहिलो हाफमा बुटवल लुम्विनीविरुद्ध ललितपुरको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – नुर्लान नोभ्रुजोभको गोलमा ललितपुर सिटी एफसीले खुकरी नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्विनी सिटीविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा नुर्लानले खेलको पाँचौ मिनेटमा गोल गर्दै ललितपुरलाई १–० कोअग्रता दिलाएका हुन् । कमल श्रेष्ठको कर्नरमा पेनाल्टी बक्समा निरज बस्नेतको बाइसाइकल किकलाई कप्तान अन्जन विष्टले […]

61 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नुर्लान नोभ्रुजोभको गोलमा ललितपुर सिटी एफसीले खुकरी नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्विनी सिटीविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा नुर्लानले खेलको पाँचौ मिनेटमा गोल गर्दै ललितपुरलाई १–० कोअग्रता दिलाएका हुन् । कमल श्रेष्ठको कर्नरमा पेनाल्टी बक्समा निरज बस्नेतको बाइसाइकल किकलाई कप्तान अन्जन विष्टले हेडमार्फत मिलाइदिएको पासमा नुर्लान नोभ्रुजोभले गोल गर्न सफल भएका थिए ।

१५औं मिनेटमा अभिषेक रिजालको क्रस पासलाई लक्ष्मण रुचालले भेट्टाउन नसक्दा बुटवल लुम्विनी बराबरीबाट चुक्यो । ३०औं मिनेटमा नुर्लानको क्रस पासमा कप्तान अन्जन विष्टको हेडर पोस्ट नजिकैबाट बाहिरिदा ललितपुर अग्रता दोब्बर पार्नबाट चुक्यो । ३२औं मिनेटमा भिलिम पोसिन्कोभिच, विमल राना र अन्जन विष्टको समन्वयमा बनेको मुभमा भिलिम पोसिन्कोभिचको प्रहार पहिलो बारटबाट थोरै बाहिरिदा ललितपुरले अग्रता बढाउन सकेन ।

इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा विमल रानाको प्रहार गोलरक्षक विशाल श्रेष्ठले पञ्च गरेको प्रहार बारमा लागेर फर्कदा ललितपुर अग्रता दोब्बर पार्नबाट चुक्यो । कमल श्रेष्ठको क्रसलाई विलियन र लक्ष्मण रुचालले क्लियर गर्न नसकेको बललाई विमल रानाको भली प्रहार गरेका थिए ।

लिगमा चौथो चरणको खेल सकिदा एक खेलमा पनि जित निकाल्न नसकेको ललितपुर पहिलो जितको खोजीमा हुनेछ । ललितपुरले चार खेलबाट ३ बराबरी र १ हारका सात ३ अंक जोडेर छैटौ स्थानमा रहेको छ । लगातारको खराव नतिजासँगै ललिचपुरले आफ्ना मुख्य प्रशिक्षक प्रदिप हुमागाईंलाई पोखरासँगको खेलपछि बर्खास्त गरेको थियो । उनको स्थानमा सहायक प्रशिक्षक राजु तामाङले ललितपुरको टचलाइन सम्हालिरहेका छन् ।

यता, बुटवल लुम्विनी पनि ललितपुरलाई हराउँदै शीर्ष चारको यात्रालाई थप मजवुत बनाउँने योजनामा हुनेछ । बुटवल लुम्विनी चार खेलबाट ५ अंक जोडेर चौथो स्थानमा छ । धनगढी एफसीले एनएसएलको प्ले अफमा स्थान पक्का गरिसकेको छ । शीर्षस्थानमा रहेको धनगढीको ५ खेलबाट १० अंक छ । समान ७ अंक रहँदा विराटनगर सिटी एफसी दोस्रो तथा काठमाडौं रेजर्स तेस्रो स्थानमा रहेको छ । समान ५ अंक रहेपनि बुटवल लुम्विनी चौथो तथा पोखरा पाँचौ स्थानमा रहेको छ । ललितपुर ३ अंक जोडेर छैटौ तथा चितवन २ अंक जोडेर पुछारमा छ ।

लिगमा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले फाइनल प्रवेशका लागि २८ बैशाखमा खेल्नेछ । यस खेलमा पराजित हुने टोलीले २९ बैशाखमा तेस्रो र चौथो हुने टोलीबीचको विजेतासँग पुनः फाइनल प्रवेशका लागि ३० बैशाखमा खेल्नेछ । फाइनल १ जेठमा हुनेछ । नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.