default_image

5 years ago

May 6, 2021

पहिलो जितसँगै ललितपुरको प्लेअफ सम्भावना जिवितै

162 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर सिटी एफसीले खुकरी नेपाल सुपर लिग (एनएसएल) मा पहिलो जित दर्ता गर्दा बुटवल लुम्बिनी एफसीलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा नुुर्लान नोभ्रुजोभको गोल मद्दतमा ललितपुर सिटी एफसीले बुटवल लुम्विनीलाई १–० ले पराजित गरेको हो । नुर्लानले खेलको पाँचौ मिनेटमा गोल नै ललितपुरको जितमा निर्णायक बन्यो ।

कमल श्रेष्ठको कर्नरमा पेनाल्टी बक्समा निरज बस्नेतको बाइसाइकल किकलाई कप्तान अन्जन विष्टले हेडमार्फत मिलाइदिएको पासमा नुर्लान नोभ्रुजोभले गोल गर्दै १–० को अग्रता दिलाएका हुन् ।

१५औं मिनेटमा अभिषेक रिजालको क्रस पासलाई लक्ष्मण रुचालले भेट्टाउन नसक्दा बुटवल लुम्विनी बराबरीबाट चुक्यो । ३०औं मिनेटमा नुर्लानको क्रस पासमा कप्तान अन्जन विष्टको हेडर पोस्ट नजिकैबाट बाहिरिदा ललितपुर अग्रता दोब्बर पार्नबाट चुक्यो ।

३२औं मिनेटमा भिलिम पोसिन्कोभिच, विमल राना र अन्जन विष्टको समन्वयमा बनेको मुभमा भिलिम पोसिन्कोभिचको प्रहार पहिलो बारटबाट थोरै बाहिरिदा ललितपुरले अग्रता बढाउन सकेन । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा विमल रानाको प्रहार गोलरक्षक विशाल श्रेष्ठले पञ्च गरेको प्रहार बारमा लागेर फर्कदा ललितपुर अग्रता दोब्बर पार्नबाट चुक्यो ।

कमल श्रेष्ठको क्रसलाई विलियन र लक्ष्मण रुचालले क्लियर गर्न नसकेको बललाई विमल रानाको भली प्रहार गरेका थिए । ७१औं मिनेटमा कप्तान अन्जन विष्टको पेनाल्टी बक्सबाहिरको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । खेलको अन्त्यतिर बुटवल लुम्विनीले ललितपुरलाई दवावमा राखेपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो ।

अन्तरिम प्रशिक्षक राजु तामाङले आफ्नो पहिलो प्रशिक्षणमा नै ललितपुरलाई जिताउन सफल भए । लगातारको खराव नतिजासँगै ललिचपुरले आफ्ना मुख्य प्रशिक्षक प्रदिप हुमागाईंलाई पोखरासँगको खेलपछि बर्खास्त गरेको थियो । उनको स्थानमा सहायक प्रशिक्षक राजु तामाङले ललितपुरको टचलाइन सम्हालेका छन् ।

जितपछि ललितपुरले ५ खेलबाट ६ अंक जोड्दै शीर्ष चारमा उक्लदै शीर्ष चारमा पर्ने सम्भावना जीवितै राखेको छ । ललितपुरसँगको हारसँगै बुटवल लुम्विनीको शीर्ष चारमा पर्ने सम्भावना न्युन बनेको छ । लुम्विनीको ५ खेलबाट ५ अंक जोडेर पाँचौ स्थानमा झरेको छ ।

धनगढी एफसीले एनएसएलको प्ले अफमा स्थान पक्का गरिसकेको छ । शीर्षस्थानमा रहेको धनगढीको ५ खेलबाट १० अंक छ । समान ७ अंक रहँदा विराटनगर सिटी एफसी दोस्रो तथा काठमाडौं रेजर्स तेस्रो स्थानमा रहेको छ । पोखरा छैटौ स्थानमा रहेको छ । चितवन २ अंक जोडेर पुछारमा छ ।

ललितपुरका मिक्चेन तामाङ इमर्जिङ खेलाडी घोषित भए । उनले १० हजार रुपैयाँ हात पारे । ललितपुरकै मार्की खेलाडी तथ कप्तान अन्जन विष्ट प्लेयर अफ दि म्याच घोषित भए । उनले २५ हजार रुप्रया हात पारे ।

लिगमा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले फाइनल प्रवेशका लागि २८ बैशाखमा खेल्नेछ । यस खेलमा पराजित हुने टोलीले २९ बैशाखमा तेस्रो र चौथो हुने टोलीबीचको विजेतासँग पुनः फाइनल प्रवेशका लागि ३० बैशाखमा खेल्नेछ । फाइनल १ जेठमा हुनेछ ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.