5 years ago
May 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – २–० ले पछि परेको अवस्थामा मेसौके ओलुमोउ र स्टेफन विनोङ समिरले गोल गरेपछि काठमाडौं रेजर्सले खुकरी नेपाल सुपर लिग (एनएसएल) मा विराटनगर सिटी एफसीविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ ।

मैसौके ओलुमोउले दुई मिनेटको अन्तरमा दुई गोल र स्टेफन समिरले गोल गरेपछि काठमाडौं रेजर्सले पहिलो हाफमा विराटनरगसिटी एफसीविरुद्ध पहिलो हाफमा ३–२ को रोमाञ्चक अग्रता लिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको छैटौं मिनेटमा नाइजेरियन खेलाडी एडेलाजा सोमेडेको गोल गर्दै विराटनगर सिटी एफसीलाई १–० को अग्रता दिलाए । रन्जित धिमालको क्रसमा एडेलाजाले फ्लिक गर्दै उत्कृष्ट गोल गर्न सफल भएका थिए ।
१४औं मिनेटमा एडेलाजाको हेडरलाई आशिष गुरुङले क्लियर गर्दै बचाए । १६औं मिनेटमा एडेलाजाको क्रसमा पेड्रो मान्जीको ओभर हेड किक पोस्टबाट थोरै माथि बाहिरिदा विराटनगर अग्रता दोब्बर पार्नबाट चुक्यो । २५औं मिनेटमा सुनिल बलको प्रहारलाई गोलरक्षक विकेश कुथुले ब्लक गर्दै विराटनगरको गोल टारे ।

३३औं मिनेटमा पेड्रो मान्जीले गोल गर्दै विराटनगरको अग्रता दोब्बर पारे । सन्तोष तामाङको पासमा मान्जीले अफसाइड बिट ट्याप गर्दै गोलरक्षक विकेश कुथ अघि बढेको अवस्थामा गोल गर्न सफल भएका थिए । आशिष गुरुङले बचाउने प्रयास गरेपनि सफल भएन ।
३५औं मिनेटमा मेसौके ओलोउमोउले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । उनले गरेको प्रहार गोलरक्षकको हातमा लाग्दै गोलमा परिणत भएको थियो । ३६औं मिनेटमा मेसौकेले ओलोउमोउले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । स्टेफन विनोङ समिरको पासमा विक्रम धिमाललाई बिट गर्दै गरेको प्रहार टप कर्नरमा गोल हुदा होचा कदका गोलरक्षक किशोर गिरीले रोक्ने कुनै अवसर नै पाएनन् ।

४१औं मिनेटमा स्टेफेन विनोङ समिरले गोल गर्दै काठमाडौंलाई ३–२ को अग्रता दिलाए । उनले फ्रिकिकमा सिधै गोल गर्न सफल भएका थिए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा मेसौकेको क्रस पासमा सन्जोक राईको हेडर पोस्ट नजिकैबाट बाहिरियो ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]