default_image

5 years ago

May 7, 2021

पोखरा र चितवन ‘गर या मर’ को अवस्थामा

183 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा आज शुक्रबार एक खेलमा मात्रै प्रतिस्पर्धा हुदा पुछारका दुई टोली पोखरा थन्डर्स र एफसी चितवन आमाने सामने हुँदैछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजेपछि हुनेछ ।

यस खेलमा बराबरीको नतिजाले दुवै टोली शीर्ष चारको होडबाट बाहिरिनेछन् । यस्तो अवस्थामा दुवै टोली जितको लक्ष्यसहित मैदान उत्रनेछ । दुवै टोलीको लागि यो खेल ‘गर या मर’ को अवस्थाको छ । लिग चरणको अन्तिम खेलमा पोखरा एफसी चितवनलाई पराजित गर्दै शीर्ष चारको सम्भावनालाई जीवितै राख्ने लक्ष्यमा हुनेछ । तर जितले मात्रै पोखराको शीर्ष चारको यात्रा सुरक्षित हुनेछैन । अन्य टोलीको नतिजा पनि कुर्नुपर्ने हुन्छ ।

अघिल्लो खेलमा धनगढी एफसीसँग १–० ले पराजित भएपछि पोखराको शीर्षचारको यात्रामा धक्का लागेको थियो । चितवनलाई हराउन सके पोखराले ६ खेलबाट ८ अंक जोड्नेछ । पोखरालाई शीर्ष चारमा पुग्न धनगढी र काठमाडौंबाहेकका टोलीले अंक गुमाउनुपर्नेछ ।

फिनिसिङमा कमजोर देखिएको पोखराले लिगमा एकमात्र गोल गर्दा ३ गोल खाएको छ । टोलीसँग मार्की खेलाडी तथा कप्तान नवयुग श्रेष्ठ, गोलरक्षक दिप कार्की, अजित भण्डारी, पदम मोक्तान, रवि पासवान, नितिन थापा, आयुष घलान, गौतम श्रेष्ठ, मान बहादुर तामाङ, प्रविन स्याङ्तान, दिपक गुरुङ, अनिल गुरुङ, राजेश परियार, कमल थापा र लगायतका खेलाडी छन् ।

विदेशी खेलाडीमा मोउसा अब्बा, राफयल रिमगागो र केट्चा यान्निक छन् । यता, ५ अंक जोडेर पाँचौ स्थानमा रहेको पोखरा थन्डर्सले ५ खेल खेल्दा १ जित, २ बराबरी र २ हारको नतिजा निकालेको छ ।

लिगमा चितवनलालाई शीर्ष चारमा स्थान बनाउन पोखरालाई जस्तै आफुले मात्रै जितर पुग्दै अन्य टोलीले अंक गुमाउनुपर्नेछ । चितवन ४ खेलबाट २ अंक जोडेर पुछारमा रहेको छ । बाँकी दुई खेलबाट ६ अंक जोडे चितवनको ८ अंक पुग्नेछ । यस्तो अवस्थामा धनगढी र काठमाडौंबाहेकका अन्य चार टोलीले अंक गुमाउनुपर्नेछ । जुन गणितीय रुपमा मात्र सम्भव देखिन्छ ।

लिगका सुरुवातसँगै चोटसँग जुध्न पुगेको चितवनलाई त्यसको असर खेलमा देखिएको छ । डिफेन्डरद्वय विकास खवास र विकास तामाङलाई गुमाएको चितवनले आफ्नो कप्तान भरत खवासको चोटले पनि पिरोल्दा विदेशी खेलाडीले सोचेअनुरुपको खेल पस्कन सकेनन् । कप्तान खवास पुर्ण रुपमा फिट छैनन् ।

अक्सनमा अनसोल्ड रहेका जर्जप्रिन्स कार्कीको आगमनसँगै टोली केहि सन्तुलित देखिएपनि हालसम्म जित निकाल्न सकेको छैन । चितवनले समान दुई बराबरी र हारको नतिजा निकालेको छ । चितवनले ललितपुरसँग १–१ गोलको बराबरी तथा बुटवल लुम्विनीसँग २–२ गोलको बराबरी खेल्दा धनगढीसँग ३–० ले तथा विराटनगरसँग २–० ले पराजित भएको थियो ।

चोटले पिरोलेको चितवनसँग विदेशी खेलाडीमा गोरान जर्काेभिच, अहमद मोहम्मद र इलसायद सावन छन् । जर्जप्रिन्स कार्की, गोलरक्षक विशाल सुनार, शिशिर लेखी, कुलदिप कार्की, मनिष थापा, रुप बहादुर लामा, अमित तामाङ, सिमन्त थापा, विश्व अधिकारी, राजीव लोप्चन र टेक बहादुर बुढाथोकी रहेका छन् ।

धनगढी एफसी र काठमाडौं रेजर्सको प्लेअफमा स्थान बनाइसकेको छ । धनगढी १० अंक जोडेर शीर्ष स्थानमा रहँदा समान १० अंक नै भएपनि काठमाडौं हेड टु हेडमा दोस्रो स्थानमा छ । विराटनगर ७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । लिगमा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले फाइनल प्रवेशका लागि २८ बैशाखमा खेल्नेछ । यस खेलमा पराजित हुने टोलीले २९ बैशाखमा तेस्रो र चौथो हुने टोलीबीचको विजेतासँग पुनः फाइनल प्रवेशका लागि ३० बैशाखमा खेल्नेछ । फाइनल १ जेठमा हुनेछ ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.