5 years ago
May 7, 2021
काठमाडौं (हाम्रो खेलकुद) – १० खेलाडीमा समेटिएको एफसी चितवनलाई पराजित गर्दै पोखरा थन्डर्सले खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा शीर्ष चारमा पर्ने सम्भावना जीवितै राखेको छ ।

१–० ले पछि परेको अवस्थामा पोखराले १० खेलाडीमा समेटिएको चितवनलाई २–१ ले पराजित गर्दै पोखराले प्ले अफमा पर्ने सम्भावना जीवित राखेको हो । पोखरासँगको हारसँगै चितवन लिग चरणको एक खेल बाँकी छँदै बाहिरिएको छ ।
जितपछि पोखरा ६ खेलबाट ८ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित चितवनले ५ खेलबाट २ अंक जोड्यो । लिगको अन्तिम खेलमा जित हात पारेपनि चितवनलाई शीर्ष चारमा पुग्न पर्याप्त हुनेछैन ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा पोखराको जितमा नवयुग श्रेष्ठ र राफय रिमगागोले गोल गरे । चितवनका शिशिर लेखीको गोल सान्त्वना बन्यो । खेलको छैटौ मिनेटमा गोरान जर्काेभिचको प्रहार दोस्रो बारबाट थोरै बाहिरिदा एफसी चितवन अग्रता लिनबाट चुक्यो ।
१५औं मिनेटमा सुनिल श्रेष्ठको प्रहारलाई पोखरा थन्डर्सका गोलरक्षक दिप कार्कीले पञ्च गर्दै बचाए । १८औं मिनेटमा नितिन थापाको पेनाल्टी बक्सबाहिरको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा पोखरा अग्रता लिनबाट चुक्यो । २७औं मिनेटमा रवि पासवानको क्रसमा आयुष घलानले पेनाल्टी बक्समा सुवर्ण अवसर चुकाउँदा पोखराले अग्रता लिन सकेन ।

५९औं मिनेटमा जर्जप्रिन्स कार्कीको पेनाल्टी बक्सबाहिरको सशक्त प्रहारलाई गोलरक्षक दिप कार्कीले डाइभ दिनै सुन्दर बचाउ गरे । ६८औं मिनेटमा मान बहादुर तामाङको पासमा मोउसा अब्बाले चलाखीपुर्ण रुपमा बललाई अघि बढाउदै वान भर्सेस वानको अवस्थामा आफैले प्रहार नगरी कटब्याक गर्दा पोखरा अग्रता लिनबाट चुक्यो ।
७०औं मिनेटमा सिमन्त थापाको क्रसलाई डिफेन्डरले क्लियर गर्न नसकेको बललाई रुप बहादुर लामाले नियन्त्रण लिदै पेनँलटी बक्सभित्रबाट गरेको प्रहार क्रस बारमा लागेर फर्कदा चितवन अग्रता लिनबाट चुक्यो । ७२औं मिनेटमा शिशिर लेखीले दर्शनीय गोल गर्दै चितवनलाई अग्रता दिलाए ।
८२औं मिनेटमा गोलरक्षक विशाल सुनार सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पोखरा खेलमा फर्किएको थियो । नितिन थापाको लामो पासलाई नवयुग श्रेष्ठले भेट्नुअघि गोलरक्षक विशाल सुनारले पेनाल्टी बक्सबाहिर (आर्क) मा आएर बल पञ्च गरेपछि रेफ्री प्रज्वल क्षेत्रीले उनलाई सिधै रातो कार्ड देखाएको थियो । त्यसको फाइदा पोखराले उठाउन सफल भयो । त्यसमै प्राप्त फ्रिकिकमा ८६औं मिनेटमा नवयुग श्रेष्ठले फ्रिकिकमा सिधै गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

नवयुगको फ्रिकिकलाई सब्सिच्युट गोलरक्षक विश्वास चौधरीले सही डाइभ दिएपनि बचाउन सकेन । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा राफयल रिमगागोले गोल गर्दै पोखरालाई २–१ को रोमाञ्चक पूनरागमन जित दिलाए । रवि पासवानले दिएको पासमा पहिलो प्रहार गर्न नसक्दा दोस्रो प्रहारमा गोल गर्न सफल भएको थियो ।
चितवनका शिशिर लेखी खेलको इमर्जिङ खेलाडी घोषित भए । उनले १० हजार रुपैयाँ हात पारे । पोखरा थन्डर्सका रवि पासवान प्लेयर अफ दि म्याच घोषित भए उनले २५ हजार रुपैया हात पारे । लिगमा शनिबार विराटनगर र ललितपुर तथा धनगढी र बुटवलबीच प्रतिस्पर्धा हुनेछ ।
धनगढी एफसी र काठमाडौं रेजर्सको प्ले अफमा स्थान बनाइसकेको छ । धनगढी १० अंक जोडेर शीर्ष स्थानमा रहँदा समान १० अंक नै भएपनि काठमाडौं हेड टु हेडमा दोस्रो स्थानमा छ । विराटनगर ७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । लिगमा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले फाइनल प्रवेशका लागि २८ बैशाखमा खेल्नेछ । यस खेलमा पराजित हुने टोलीले २९ बैशाखमा तेस्रो र चौथो हुने टोलीबीचको विजेतासँग पुनः फाइनल प्रवेशका लागि ३० बैशाखमा खेल्नेछ । फाइनल १ जेठमा हुनेछ ।
नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।
प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]