default_image

5 years ago

May 8, 2021

धनगढी र बुटवल लुम्बिनी खेल्दा प्लेअफ समीकरणमा रोमान्च

189 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा आज (शनिबार) लिग चरणको अन्तिम राउन्ड अन्तरगत दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । विराटनगर सिटी एफसी र ललितपुर सिटी एफसीबीच दिउँसो २:३० बजे तथा धनगढी र बुटवलबीच साँझ ५:३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

आजको दुई खेलले शीर्ष चारमा पर्ने सबै टोलीको टुंगो लाग्नेछ । धनगढी एफसी र काठमाडौं रेजर्सले प्ले अफमा स्थान सुरक्षित गरिसक्दा पोखरा थन्डर्स, विराटनगर सिटी एफसी, ललितपुर सिटी एफसी र बुटवल लुम्विनी एफसी शीर्ष चारको दौडमा रहेको छ । यि चार टोलीमध्येबाट दुई टोलीले शीर्षचारमा स्थान बनाउनेछ । एफसी चितवन एक खेल बाँकी छदै शीर्ष चारको दौडबाट बाहिरिएको छ ।

प्ले अफमा स्थान पक्का गरिसकेको धनगढी बुटवल लुम्विनीलाई हराउँदै लिगमा आफ्नो शीर्षतालाई कायम राख्ने लक्ष्यमा रहँदा बुटवल लुम्विनी प्ले अफमा पुगिसकेको धनगढीलाई हराउँदै प्ले अफमा पुग्ने दाउमा हुनेछ । धनगढीलाई हराउन सके बुटवल लुम्विनीले पोखरालाई हेड टु हेडमा पछि पार्दै प्ले अफमा पुग्ने छ । बराबरी र हारले बुटवल लुम्विनी बाहिरिनेछ ।

विराटनगर र ललितपुरले बराबरी खेल्दा बुटवल लुम्विनीले धनगढीलाई हराएको अवस्थामा पोखरा र बुटवल लुम्विनी शीर्ष चारमा पुग्नेछ । विराटनगर हेड टु हेडमा पोखरा र बुटवल लुम्विनीसँग पछि पर्नेछ । समान ८ अंक भएको अवस्थामा बुटवल लुम्विनी र पोखरा हेड टु हेडमा अघि बढ्नेछ ।

लिग चरणमा विराटनगर पोखरासँग १–० ले पराजित हुँदा बुटवल लुम्विनीसँग २–२ गोलको बराबरीमा रोकिएको थियो । यस्तै बुटवल लुम्विनीले पोखरालाई २–० ले हराएको थियो । विराटनगर र ललितपुरले बराबरी खेल्दा बुटवल लुम्विनीले धनगढीसँग हार बेहोरेको अवस्थामा विराटनगर र पोखरा प्ले अफमा पुग्नेछ ।

धनगढीसँग आइकोनिक खेलाडी तथा कप्तान किरण चेम्जोङ, विशाल राई, दिनेश राजवंशी, अशोक खवास, रुपेश केसी, निशान खड्का, सौजन याख्खा राई, निशान लिम्बु, बुद्ध बल तामाङ, दर्शन गुरुङ र रमेश दंगाल टोलीमा छन् । यस्तै टंक बस्नेत, पुजन उपरकोटी, युद्ध शाही, टेकेन्द्र थापा र निराजन महर्जन टोलीमा रहेका छन् । विदेशी खेलाडीमा फ्रान्कलिन कुटे टाल्ला रहेका छन् । ह्यामस्ट्रिङका कारण लिगमा सर्वाधिक चार गोल गरेका नाइजेरियन फरवार्ड ओलावाले ओलाडिपो आफिज खेल्ने सम्भावना कम छ ।

यता बुटवलले राष्ट्रिय टोलीका फरवार्ड अभिषेक रिजाललाई टोलीमा भित्र्याउँदै आक्रमण सुधार्ने प्रयास गरेको छ । मार्की खेलाडीका रुपमा रहेका कप्तान विशाल श्रेष्ठले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । डिफेन्समा विदेशी खेलाडी ओमोलाजा, विराज महर्जन, मानबहादुर परियार र मिडफिल्डमा विलियम ओपोकु रहेका छन् । आशिष लामा, लक्ष्मण रुचाल र सुमन लामाले आक्रमणमा थप मिहिनेत गर्नुपर्ने देखिन्छ । रविन श्रेष्ठ चोटका कारण पछिल्लो दुई खेल बाहिर रहेका थिए । उनको अनुपस्थिति भने खड्केको छ । मिडफिल्डमा सेसेहाङ आङदेम्बेलाई खासै समय दिइएको छैन ।

धनगढी १० अंक जोडेर शीर्ष स्थानमा रहँदा समान १० अंक नै भएपनि काठमाडौं हेड टु हेडमा दोस्रो स्थानमा छ । विराटनगर ७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । लिगमा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले फाइनल प्रवेशका लागि २८ बैशाखमा खेल्नेछ । यस खेलमा पराजित हुने टोलीले २९ बैशाखमा तेस्रो र चौथो हुने टोलीबीचको विजेतासँग पुनः फाइनल प्रवेशका लागि ३० बैशाखमा खेल्नेछ । फाइनल १ जेठमा हुनेछ ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.