5 years ago
May 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – मार्की खेलाडी तथा कप्तान अन्जन विष्टको गोलमा ललितपुर सिटी एफसीले खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा विराटनगर सिटी एफसीविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलको ३६औं मिनेटमा अन्जनले गोल गर्दै ललितपुरलाई १–० को अग्रता दिलाएका हुन् ।
सातौ मिनेटमा कमल श्रेष्ठको फ्रिकिकमा भिलिम पोसिन्कोभिकको वान टच प्रहारले साइड नेट गर्दा ललितपुर सिटी एफसी अग्रता लिनबाट चुक्यो ।
२७औं मिनेटमा सन्तोष तामाङको पेनाल्टी बक्सबाहिरको फितलो प्रहारलाई गोलरक्षक अर्पण कार्कीले सहजै नियन्त्रणमा लिए । ३५औं मिनेटमा एरिक विष्टको फ्रिकिकलाई गोलरक्षक किशोर गिरीले पहिलो बारमा उत्कृष्ट बचाउ गरे । ३६औं मिनेटमा मिक्चेन तामाङको कर्नरमा बिमल रानाको हेडर प्रयासलाई गोलरक्षक किशोर गिरीले बचाउदा रिवाउन्डमा अन्जन विष्टले हाफ भलीमा सुन्दर गोल गर्दै अग्रता दिलाए । गोल लाइनमा दिवाकर चौधरीले बचाउने प्रयास गरेपनि सफल भएन ।

धनगढी एफसी र काठमाडौं रेजर्सले प्ले अफमा स्थान सुरक्षित गरिसक्दा पोखरा थन्डर्स, विराटनगर सिटी एफसी, ललितपुर सिटी एफसी र बुटवल लुम्विनी एफसी शीर्ष चारको दौडमा रहेको छ । यि चार टोलीमध्येबाट दुई टोलीले शीर्षचारमा स्थान बनाउनेछ । एफसी चितवन एक खेल बाँकी छदै शीर्ष चारको दौडबाट बाहिरिएको छ । विराटनगर र ललितपुरलाई प्ले अफमा पुग्न जित बाहेकको विकल्प छैन ।
विराटनगर र ललितपुरले बराबरी खेल्दा बुटवल लुम्विनीले धनगढीलाई हराएको अवस्थामा पोखरा र बुटवल लुम्विनी शीर्ष चारमा पुग्नेछ । विराटनगर हेड टु हेडमा पछि पर्नेछ । समान ८ अंक भएको अवस्थामा बुटवल लुम्विनी र पोखरा हेड टु हेडमा अघि बढ्नेछ । लिग चरणमा विराटनगर पोखरासँग १–० ले पराजित हुदा बुटवल लुम्विनीसँग २–२ गोलको बराबरीमा रोकिएको थियो ।
यस्तै बुटवल लुम्विनीले पोखरालाई २–० ले हराएको थियो । पछिल्लो खेलमा काठमाडौं रेजर्ससँग ५–४ ले पराजित भएपछि विराटनगरको प्ले अफ यात्रामा धक्का लागेको थियो । विराटनगर र ललितपुरले बराबरी खेल्दा बुटवल लुम्विनीले धनगढीसँग हार बेहोरेको अवस्थामा विराटनगर र पोखरा प्ले अफमा पुग्नेछ ।
धनगढी १० अंक जोडेर शीर्ष स्थानमा रहँदा समान १० अंक नै भएपनि काठमाडौं हेड टु हेडमा दोस्रो स्थानमा छ । विराटनगर ७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । लिगमा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले फाइनल प्रवेशका लागि २८ बैशाखमा खेल्नेछ । यस खेलमा पराजित हुने टोलीले २९ बैशाखमा तेस्रो र चौथो हुने टोलीबीचको विजेतासँग पुनः फाइनल प्रवेशका लागि ३० बैशाखमा खेल्नेछ । फाइनल १ जेठमा हुनेछ ।
नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।
प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]