default_image

5 years ago

May 8, 2021

विराटनगरविरुद्ध ललितपुरको दोब्बर अग्रता

153 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर सिटी एफसीले खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा विराटनगर सिटी एफसीविरुद्ध दोस्रो हाफमा अग्रता दोब्बर पारेको छ ।

मार्की खेलाडी तथा कप्तान अन्जन विष्टले पहिलो हाफमा तथा सब्सिच्युट बिमल रानाले दोस्रो हाफमा गोल गर्दै ललितपुरको अग्रता दोब्बर पारेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलकोसातौ मिनेटमा कमल श्रेष्ठको फ्रिकिकमा भिलिम पोसिन्कोभिकको वान टच प्रहारले साइड नेट गर्दा ललितपुर सिटी एफसी अग्रता लिनबाट चुक्यो । २७औं मिनेटमा सन्तोष तामाङको पेनाल्टी बक्सबाहिरको फितलो प्रहारलाई गोलरक्षक अर्पण कार्कीले सहजै नियन्त्रणमा लिए । ३५औं मिनेटमा एरिक विष्टको फ्रिकिकलाई गोलरक्षक किशोर गिरीले पहिलो बारमा उत्कृष्ट बचाउ गरे ।

३६औं मिनेटमा मिक्चेन तामाङको कर्नरमा बिमल रानाको हेडर प्रयासलाई गोलरक्षक किशोर गिरीले बचाउदा रिवाउन्डमा अन्जन विष्टले हाफ भलीमा सुन्दर गोल गर्दै अग्रता दिलाए । गोल लाइनमा दिवाकर चौधरीले बचाउने प्रयास गरेपनि सफल भएन ।

५७औं मिनेटमा सुनिल बलको कर्नरमा मनिष डाँगीको हेडरलाई गोलरक्षक अर्पण कार्कीले पञ्च गर्दै बचाए । ६३औं मिनेटमा बिमल रानाले गोल गर्दै ललितपुरको अग्रता दोब्बर पारे । डोना थापाले दिएको पासलाई अन्जन विष्टले नियन्त्रणमा लिदै गोलरक्षक किशोर गिरीलाई बिट गर्दै दिएको पासलाई बिमल रानाले खाली पोस्टमा गोल गर्न सफल भएका थिए ।

ललितपुरले दोस्रो गोल गरेलगत्तै विराटनगरका खेलाडीले मैदान छाड्दा खेल झन्डै ७ मिनेट केहीबेर रोकिएको थियो । खेल पुन सुचारु भएको छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.