default_image

5 years ago

May 8, 2021

पहिलो हाफ – धनगढी र बुटवल लुम्विनीको बराबरी

119 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – धनगढी एफसी र बुटवल लुम्विनी एफसीले खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा पहिलो हाफमा बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा दुवै टोलीले गोलका केही मौका सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

१४औं मिनेटमा अभिषेक रिजालको ओभरहेड किकलाई गोलरक्षक किरण चेम्जोङले डाइड दिदै उत्कृष्ट बचाउ गर्दा बुटवल लुम्विनी अग्रता लिनबाट चुक्यो । १५औं मिनेटमा सौजन राईले अवसर चुकाउँदा धनगढी अग्रता लिनबाट चुक्यो । १९औं मिनेटमा पुजन उपरकोटीको ब्याक पासलाई सुमन लामाले पेनाल्टी बक्समा सुवर्ण अवसर पाएपनि प्रहार गर्न नसक्दा डिफेन्डरले ब्लक गर्दा धनगढीको खतरा टारे ।

२६औं मिनेटमा सौजन राईको प्रहारलाई गोलरक्षक विशाल श्रेष्ठले मुस्किलले बचाए । ४५औं मिनेटमा दर्शन गुरुङले टाइट एंगलबाट गरेको प्रहार दोस्रोबार नजिकैबाट बाहिरियो ।

बुटवल लुम्विनी प्ले अफमा पुग्न धनगढीलाई हराउनुपर्ने हुन्छ । बराबरी र हारले बुटवल लुम्विनी बाहिरिनेछ । यस्तो अवस्थामा पोखरा प्ले अफमा पुग्ने चौथो टोली बन्ने छ । यसअघि धनगढी, काठमाडौं र रेजर्स र ललितपुरले प्ले अफमा स्थान बनाएका छन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.