5 years ago
May 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – प्ले अफमा स्थान पक्का गरिसकेको धनगढी एफसीलाई पराजित गर्दै बुटवल लुम्विनीले शीर्ष चारमा स्थान पक्का गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा सुमन लामाले दोस्रो हाफमा गरेको गोल नै बुटवल लुम्विनीको जितमा निर्णायक बन्यो । उनले खेल सकिन १० मिनेट बाँकी रहँदा गोल गरेका थिए ।
१४औं मिनेटमा अभिषेक रिजालको ओभरहेड किकलाई गोलरक्षक किरण चेम्जोङले डाइड दिदै उत्कृष्ट बचाउ गर्दा बुटवल लुम्विनी अग्रता लिनबाट चुक्यो । १५औं मिनेटमा सौजन राईले अवसर चुकाउँदा धनगढी अग्रता लिनबाट चुक्यो । १९औं मिनेटमा पुजन उपरकोटीको ब्याक पासलाई सुमन लामाले पेनाल्टी बक्समा सुवर्ण अवसर पाएपनि प्रहार गर्न नसक्दा डिफेन्डरले ब्लक गर्दा धनगढीको खतरा टारे ।

२६औं मिनेटमा सौजन राईको प्रहारलाई गोलरक्षक विशाल श्रेष्ठले मुस्किलले बचाए । ४५औं मिनेटमा दर्शन गुरुङले टाइट एंगलबाट गरेको प्रहार दोस्रोबार नजिकैबाट बाहिरियो । ५६औं मिनेटमा अशोक खवासको क्रसमा दर्शन गुरुङको हेडर पोलमा लाग्दै बाहिरिदा भनगढी अग्रता लिनबाट चुक्यो ।
६५औं मिनेटमा निशान लिम्वुले वान भर्सेस वानको अवस्थामा गरेको प्रहार पोलमा लागेर बाहिरिदा धनगढीले अग्रता बढाउन सकेन । ६७औं मिनेटमा करिमको फ्रिकिकलाई धनगढीका गोलरक्षक किरण चेम्जोङले डाइभ दिदै बचाए ।
८०औं मिनेटमा सुमन लामाले गोल गर्दै बुटवल लुम्विनीलाई १–० को अग्रता दिलाए । ओमोलाजा नुरेन करिमले विलियम ओपोकुलाई दिएको पासमा विलियमले दिनेश राजवंशीलाई विट गर्दै दिएको पासमा सुमन लामाले गोल गर्न सफल भएका हुन् ।
बुटवलले प्ले अफमा स्थान पक्का गरेसँगै पोखरा थन्डर्स शीर्ष चारमा पुग्नबाट वञ्चित बन्यो । समान ८ अंक रहेपनि बुटवल लुम्विनी हेड टु हेडमा अघि बढ्दा पोखरा पछि पर्दै बाहिरियो । यससँगै शीर्ष चारमा पुग्ने सबै चार टोलीको टुंगो लागेको छ । धनगढी एफसी र काठमाडौं शीर्ष दुईमा रहँदा ललितपुर तेस्रो र बुटवल चौथो स्थानमा रह्यो ।
बुटवल लुम्विनी एफसीका सुमन लामा इमर्जिङ खेलाडी घोषित भए । उनले १० हजार रुपैयाँ हात पारे । बुटवल लुम्विनीका विलियम ओपोकु प्लेय अफ दि म्याच घोेािषत भए । उनले ट्रफीसँगै २५ हजार रुपैयाँ हात पारे ।
धनगढी १० अंक जोडेर शीर्ष स्थानमा रहँदा समान १० अंक नै भएपनि काठमाडौं हेड टु हेडमा दोस्रो स्थानमा छ । काठमाडौंले एक खेल खेल्न बाँकी छ । ललितपुरले ९ तथा बुटवल लुम्विनीले ८ अंक जोड्यो । पोखराले ८ अंक जोड्दा विराटनगरले ७ तथा पुछारमा रहेको एफसी चितवनले २ अंक जोडेको छ । चितवनले एक खेल खेल्न बाँकी छ । लिगमा आइतबार काठमाडौं र चितवनबीच प्रतिस्पर्धा हुनेछ ।
अब शीर्ष दुई टोली धनगढी र काठमाडौंले फाइनलमा प्रवेशका लागि २८ बैशाखमा खेल्नेछ । यस खेलमा पराजित हुने टोलीले २९ बैशाखमा ललितपुर र बुटवल लुम्विनीबीचको विजेतासँग पुनः फाइनल प्रवेशका लागि ३० बैशाखमा खेल्नेछ । फाइनल १ जेठमा हुनेछ ।
नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।
प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]