default_image

5 years ago

May 9, 2021

पुछारको चितवनले काठमाडौंको सामना गर्दै

196 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – खुकुरी नेपाल सुपर लिग (एनएसएल) को लिग चरणको अन्तिम खेलमा आज आइतबार पुछारमा रहेको एफसी चितवनले शीर्ष दुईमा स्थान पक्का गरेको काठमाडौं रेजर्सको सामना गर्दैछ ।

खेल त्रिपरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजेपछि हुनेछ । लिगमा एक खेलमा पनि जित निकाल्न नसकेको चितवन काठमाडौंलाई हराउँदै लिगबाट सुखद बिदाई लिन चाहन्छ । चितवन लिगमा जित निकाल्न नसकेको एक्लो टोली हो । चितवनले लिगमा पाँच खेल खेल्दा २ बराबरी र ३ हारको नतिजा निकालेको छ ।

चितवनले ललितपुरसँग १–१ गोलको तथा बुटवल लुम्विनीसँग २–२ गोलको बराबरी खेलेको थियो । त्यसपछिको सबै तीन खेलमा चितवन धनगढीसाग ३–०, विराटनगरसँग २–० र पोखरासँग २–१ ले पराजित भएको थियो । लिगको सुरुवातसँगै चोटसँग जुध्न पुगेको चितवनलाई त्यसको असर खेलमा प्रत्यक्ष देखिएको छ ।

डिफेन्डरद्वय विकास खवास र विकास तामाङलाई गुमाएको चितवनले आफ्नो कप्तान भरत खवासको चोटले पनि पिरोल्दा विदेशी खेलाडीले सोचेअनुरुपको खेल पस्कन सकेका छैनन् । कप्तान भरत पुर्ण रुपमा फिट छैनन् । अक्सनमा अनसोल्ड रहेका जर्जप्रिन्स कार्कीको आगमनसँगै टोली केहि सन्तुलित देखिएपनि हालसम्म जित निकाल्न सकेको छैन ।

चोटले पिरोलेको चितवनसँग विदेशी खेलाडीमा गोरान जर्काेभिच, अहमद मोहम्मद र इलसायद सावन छन् । शिशिर लेखी, कुलदिप कार्की, मनिष थापा, रुप बहादुर लामा, अमित तामाङ, सिमन्त थापा, विश्व अधिकारी, राजीव लोप्चन र टेक बहादुर बुढाथोकी टोलीमा रहेका छन् । प्रतिबन्धका कारण गोलरक्षक विशाल सुनारले काठमाडौंविरुद्ध खेल्ने छैनन् । उनले पोखरा थन्डर्सविरुद्धको खेलमा पेनाल्टी बक्स बाहिर आएर बल पञ्च गरेपछि रातो कार्ड खाँदै मैदानबाट बाहिरिएको थियो ।

विशालको स्थानमा विश्वास चौधरी वा रोमन रसाइलीले चितवनको पोस्ट सम्हाल्नेछन् । यता, शीर्ष दुईमा स्थान पक्का गरिसकेको काठमाडौं चितवनलाई हराउँदै शीर्षस्थानमा उक्लने दाउमा हुनेछ । समान १० अंक भएपनि हेड टु हेडमा काठमाडौं दोस्रो स्थानमा छ । टोलीसँग मार्की खेलाडी तथा कप्तान गोलरक्षक विकेश कुथु, तेज तामाङ, सन्जोक राई, विश्वास श्रेष्ठ, सुदिल राई, आशिष गुरुङ, छिरिङ गुरुङ, आशिष राई तथा विदेशी खेलाडीमा मेसौके ओलुमोउ, स्टेफेन समिर र फ्लोरेन्ट कोर्वा रहेका छन् ।

यस्तै सुदिप शिख्रकार, विश्वास उदास, राजन गुरुङ, विनय श्रेष्ठ, रुमेश बर्तौला, अन्जन राई, प्रेजेन तामाङ र अमृत श्रेष्ठ टोलीमा छन् । विराटनगरविरुद्ध ह्याट्रिक पुरा गरेका मेसौके ओलुमोउ टोलीका लागि मुख्य हतियार हुनेछन् । उनी लिगमा ह्याट्रिक पुरा गर्ने एक्ला खेलाडी हुन् ।

शीर्ष दुई टोली धनगढी र काठमाडौंले फाइनलमा प्रवेशका लागि २८ वैशाखमा खेल्नेछन् । यस खेलमा पराजित हुने टोलीले २९ वैशाखमा हुने ललितपुर र बुटवल लुम्विनीबीचको विजेतासँग पुनः फाइनल प्रवेशका लागि ३० वैशाखमा खेल्नेछ । फाइनल १ जेठमा हुनेछ ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछ । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.