default_image

5 years ago

May 9, 2021

पहिलो हाफमा चितवनविरुद्ध काठमाडौंको अग्रता

111 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं रेजर्सले खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवनविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा काठमाडौंले चितवनविरुद्ध २–१ को अग्रता लिएको हो ।

काठमाडौंका मेसौके ओलुमोउ र सन्जोक राईले गोल गर्दा चितवनका राजीज लोप्चनले एक गोल फर्काएका छन् । खेलको १६औं मिनेटमा मेसौके ओलुमोउले गोल गर्दै काठमाडौं रेजर्सलाई १–० को अग्रता दिलाए । विश्वास उदासको लामो पासलाई नियन्त्रणमा लिदै मेसौकले दुई डिफेन्डरबीचबाट गोलरक्षकबाट बिट गर्दै गोल गर्न सफल भएका थिए । जारी लिगमा उनको यो पाँचौ गोल हो । उनले विराटनगर सिटी एफसीविरुद्ध ह्याट्रिक पुरा गरेका थिए ।

३३औं मिनेटमा सन्जोक राईले गोल गर्दै काठमाडौंको अग्रता दोब्बर पारे । विश्वास श्रेष्ठको क्रसलाई चितवनका डिफेन्डर रुडी जोनाथनले क्लियर गर्न नसकेको बललाई सन्जोकले सहजै फिनिस गरेका थिए । लगत्तै ३५औं मिनेटमा मेसौके ओलुमोउको पासमा सन्जोकले सुवर्ण अवसर खेर फाले ।

४०औं मिनेटमा राजीव लोप्चनले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । सुनिल श्रेष्ठको प्रहारलाई गोलरक्षक रोमन रसाइलीले रोकेपनि रिवाउन्डमा राजीवले गोल गर्न सफलल भएका हुन् । ४४औं मिनेटमा विश्वास श्रेष्ठको फ्रिकिक क्रसबारा लागेर बाहिरिदा काठमाडौं अग्रता बढाउनबाट चुक्यो ।

इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा मनिष थापाको क्रसमा सुदिप शिख्रकारले राम्रोसाग क्लियर गर्न नसकेको बललाई पेनाल्टी बक्समा तेज तामाङले ह्यान्ड गरेको भन्दै चितवनले अपिल गरेपनि त्यसलाई रेफ्री नविन्द्र महर्जनले कुनै वास्ता गरेनन् ।

चितवन लिगमा पहिलो जितको खोजीमा रहँदा काठमाडौं जित निकाल्दै लिगको शीर्ष स्थानमा रहने दाउमा हुनेछ । शीर्ष दुई टोली धनगढी र काठमाडौंले फाइनलमा प्रवेशका लागि २८ बैशाखमा खेल्नेछ । यस खेलमा पराजित हुने टोलीले २९ बैशाखमा हुने ललितपुर र बुटवल लुम्विनीबीचको विजेतासँग पुनः फाइनल प्रवेशका लागि ३० बैशाखमा खेल्नेछ । फाइनल १ जेठमा हुनेछ ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.