default_image

5 years ago

May 9, 2021

एनएसएलमा ५० गोल पुरा

188 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा ५० गोल पुरा भएको छ । एफसी चितवनका राजीव लोप्चनले काठमाडौं रेजर्सविरुद्ध गोल गरेपछि लिगमा ५० गोल पुरा भएको हो ।

लिगमा राजीवको यो पहिलो गोल हो । एनएसएलको लिग चरणको खेल सकिदा लिगमा हालसम्म ३२ खेलाडीले गोल गर्दा सर्वाधिक गोलकर्ताको सुचीमा काठमाडौं रेजर्सका मेसौके ओलुमोउ अग्रस्थानमा रहेका छन् । उनले लिग चरणका ६ खेलमा ५ गोल गरेका छन् ।

मेसौकेले लिग चरणको पाँचौ राउन्डको खेलमा विराटनगर सिटी एफसीविरुद्ध ह्याट्रिक पुरा गरेका थिए । ओलुमोउ नै लिगको पहिलो गोलकर्ता समेत हुन् । उनले काठमाडौं रेजर्सका लागि ललितपुरविरुद्ध उद्घाटन खेलमा गोल गरेका थिए । त्यसपछि उनले एफसी चितवनविरुद्ध गोल गरेका थिए ।

लिगको एकै खेलमा सर्वाधिक ९ गोल भएको छ । काठमाडौं रेजर्सले विराटनगरलाई ५-४ ले पराजित गरेको खेलमा मेसौकेले ह्याट्रिक पूरा गरेका थिए । त्यस्तै लिगमा दुई खेल गोलरहित बराबरीमा टुंगियो । पोखरा थन्डर्सले काठमाडौं रेजर्स र ललितपुर सिटीसँग गोलरहित बराबरी खेलेको थियो ।

सर्वाधिक गोल गर्ने खेलाडीमा मेसौके ५ गोलमा छन् । विराटनगरका पेड्रो मान्जी र धनगढीका आफिज ओलाडिपोको ४-४ गोल रहेको छ । अन्जन विष्ट र सन्तोष तामाङले ३ गोल गरेका छन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.