default_image

5 years ago

May 9, 2021

काठमाडौंसँगको हारसँगै चितवन जितविहीन

192 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एफसी चितवनले जितविहीन बन्दै खुकुरी नेपाल सुपर लिग (एनएसएल) सकाएको छ । आइतबार लिग चरणको अन्तिम खेलमा प्ले अफमा स्थान पक्का गरिसकेको काठमाडौं रेजर्ससँग २–१ ले पराजित हुदै चितवन लिगमा जितविहीन बनेको हो ।

लिगमा चितवनले ६ खेल खेल्दा दुई बराबरी र चार हारको नतिजा निकाल्यो । यसक्रममा चितवनले ५ गोल गर्दा ११ गोल खाएको छ । लिगमा चितवनले ललितपुरसँग १–१ गोलको तथा बुटवल लुम्विनीसँग २–२ गोलको बराबरी खेलेको थियो । त्यसपछिको सबै तीन खेलमा चितवन धनगढीसाग ३–०, विराटनगरसँग २–० र पोखरासँग २–१ ले पराजित भएको थियो । लिगमा पोखराले २ अंक मात्रै जोड्न सक्यो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा काठमाडौंले चितवनलाई हराएसँगै लिगको शीर्षस्थानमा उक्लिएको छ । काठमाडौंले लिगको ६ खेलबाट ४ जित र १ बराबरी र १ हारबाट १३ अंक जोड्यो ।

काठमाडौंका मेसौके ओलुमोउ र सन्जोक राईले गोल गर्दा चितवनका राजीज लोप्चनले एक गोल फर्काए । खेलको १६औं मिनेटमा मेसौके ओलुमोउले गोल गर्दै काठमाडौं रेजर्सलाई १–० को अग्रता दिलाए । विश्वास उदासको लामो पासलाई नियन्त्रणमा लिदै मेसौकले दुई डिफेन्डरबीचबाट गोलरक्षकबाट बिट गर्दै गोल गर्न सफल भएका थिए । जारी लिगमा उनको यो पाँचौ गोल हो । उनले विराटनगर सिटी एफसीविरुद्ध ह्याट्रिक पुरा गरेका थिए ।

३३औं मिनेटमा सन्जोक राईले गोल गर्दै काठमाडौंको अग्रता दोब्बर पारे । विश्वास श्रेष्ठको क्रसलाई चितवनका डिफेन्डर रुडी जोनाथनले क्लियर गर्न नसकेको बललाई सन्जोकले सहजै फिनिस गरेका थिए । लगत्तै ३५औं मिनेटमा मेसौके ओलुमोउको पासमा सन्जोकले सुवर्ण अवसर खेर फाले ।

४०औं मिनेटमा राजीव लोप्चनले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । सुनिल श्रेष्ठको प्रहारलाई गोलरक्षक रोमन रसाइलीले रोकेपनि रिवाउन्डमा राजीवले गोल गर्न सफलल भएका हुन् । ४४औं मिनेटमा विश्वास श्रेष्ठको फ्रिकिक क्रसबारा लागेर बाहिरिदा काठमाडौं अग्रता बढाउनबाट चुक्यो ।

इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा मनिष थापाको क्रसमा सुदिप शिख्रकारले राम्रोसाग क्लियर गर्न नसकेको बललाई पेनाल्टी बक्समा तेज तामाङले ह्यान्ड गरेको भन्दै चितवनले अपिल गरेपनि त्यसलाई रेफ्री नविन्द्र महर्जनले कुनै वास्ता गरेनन् । दोस्रो हाफमा दुवै टोलीबाट उल्लेख्य गोलको अवसर सिर्जन हुन सकेन ।

८१औं मिनेटमा प्रिजेन तामाङले वान भर्सेस वानको अवस्थामा गरेको प्रहार गोलरक्षक रोमन रसाइलीलाई लाग्दै बाहिरिदा काठमाडौंले अग्रता बढाउन सकेन । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा कर्नरबाट आएको बललाई गोरान जर्काेभिचको प्रहारलाई गोलरक्षक विनय श्रेष्ठले विफल पार्दा चितवन बराबरीबाट चुक्यो ।

काठमाडौं रेजर्सका विश्वास उदास इमर्जिङ प्लेय अफ दि म्याच घोषित भए । उनले १० हजार रुपैयाँ हात पारे । काठमाडौं रेजर्सकै तेज तामाङ प्लेयर अफ दि म्याच घोषित भए । उनले ट्रफीसँगै २५ हजार रुपैयाँ हात पारे ।

शीर्ष दुई टोली धनगढी र काठमाडौंले फाइनलमा प्रवेशका लागि २८ बैशाखमा खेल्नेछ । यस खेलमा पराजित हुने टोलीले २९ बैशाखमा हुने ललितपुर र बुटवल लुम्विनीबीचको विजेतासँग पुनः फाइनल प्रवेशका लागि ३० बैशाखमा खेल्नेछ । फाइनल १ जेठमा हुनेछ ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.