default_image

5 years ago

May 10, 2021

एनएसएल प्लेअफमा पुगेका ४ टोली यसो भन्छन

148 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को प्लेअफ चरण मंगलबारदेखि सुरु हुँदैछ । लिग चरणको समाप्तिसँगै शीर्ष चार टोलीले प्लेअफमा स्थान पक्का गरेका छन् ।

शीर्षस्थानमा रहेको काठमाडौं रेजर्सले मंगलबार फाइनल प्रवेशका लागि धनगढी एफसीको सामना गर्नेछ । पराजित हुने टोलीले बुधबार हुने एलिमिनेटरको विजेतासँग खेल्दै फाइनल प्रवेश गर्ने अर्को अवसर पाउनेछ । एलिमिनेटरमा ललितपुर सिटी र बुटवल लुम्बिनी भिड्नेछन् । बिहीबार नै दोस्रो क्वालिफाएर हुनेछ ।

प्लेअफअघि चारै टोलीका प्रशिक्षक र कप्तानले आफ्नो अभिव्यक्ति दिएका छन् ।

काठमाडौं रेजर्स

बालगोपाल महर्जन (प्रशिक्षक)

नेपालमा पहिलो समय भएको लिगमा काठमाडौं रेजर्सले शीर्षस्थानमा रहेर प्ले अफमा स्थान बनाएको छ । भोलिको खेलको लागि खेलाडीहरु उत्साहित छन् । टोलीको मनोवल उच्च बनेको छ । दिन दिनै टोली र खेलाडीको प्रदर्शनमा सुधार हुँदै आएको छ । भोलिको खेलमा पनि राम्रो गर्नेछौं । आशा छ राम्रो नतिजा आउनेछ ।

अवश्यपनि अघिल्लो खेललाई मध्यनजर गर्दै त्यसमा रहेको कमी कमजोरीलाई सुधार्दै खेल्नेछौं । त्यो बेलाको मिडफिल्ड र फरवार्ड शैलीमा मा फरक दुई साता अघिको खेल भन्दा यो खेल फरक हुने ।

सन्जोकलाई मैले विगत १० देखि हेर्दै आएको छ । पोटेन्सियल छ । टेक्निकल एकदमै छ । कुन बेलामा कसरी प्रयोग गर्ने त्यो अनुसार उनलाई प्रयोग गरिरहेका छौं ।

अवश्यपनि एनएसएल केही व्यवसायिक रुपमा राम्रो भएको । खेलाडीहरुले त्यही अनुसारको सुविधा पाइरहेका छन् । त्यही अनुसार खेल प्रदर्शन भइरहेको छ । एनएसएलमा टाइमको समस्या मात्रै हो । ए डिभिजन लिग भन्दा यस खेलमा बढी उत्साहित र रमाइलो महसुस गरिहेका छौं ।

विकेश कुथु (कप्तान)

लिग चरणमा जितसहित अन्त्य गर्न सक्यौं । टिमले जित्नका लागि नै खेल्छौं । हामी हाम्रो तर्फबाटे बेस्ट दिनेछौं । पक्कै पनि यो मेरो पहिलो समय कप्तानी गरेको । नर्मल रुपमा किपर खेल्ने र कप्तानी सम्हाल्दै किपर खेल्नुले नयाँ जिम्मेवारी थपिएको महसुस गरेको ।

अरु खेलाडीहरुले गल्ती गरेको ठाँउलाई कभर गर्ने ठाँउ हुन्छ । तर गोलकिपरको पोस्ट भनेको मिस्टेक गरे नो चान्स, त्यही माथि कप्तानी गर्नुपर्दा जिम्मेवारी धेरै नै थपिएको महसुस भएको छ । दवावलाई झेल्दै माथिल्लो लेभलमा जानुपर्छ भावना छ र त्यही अनुसार आफुले सकेसम्म टिमलाई मोटिभेसन दिइरहेका छौं ।

धनगढी एफसी

किरण चेम्जोङ (कप्तान)

तयारी गर्ने समय त्यति नरहेपनि मानसिक रूपमा तयार छौं । उत्साहित पनि छौं । लिगको अन्तिम खेललाई कमजोर प्रदर्शन भन्न मिल्दैन । किनकि नतिजा अनुसार हामी पछि परेका हौं । तर, हामीले राम्रो फुटबल खेलेका थियौं । तर, त्यस खेलले टोलीमा कुनै असर नगरेको । हामी प्ले अफलाई तयार छौं ।

लिग र नकआउट राउन्डको खेलमा केही फरक आउने नै छ । मलाई लाग्छ भोलिको खेल एकदमै प्रतिस्पर्धात्मक हुनेछ । राम्रो नभएको भए टोली प्लेअफमा पुग्ने थिएन होला ।

तोपे फुजा (प्रशिक्षक)

काठमाडौं विरुद्धको खेल निकै प्रतिस्पर्धात्मक हुनेछ । हाम्रो टिमले गोल निकाल्नेमा ध्यान दिन्छौं । काठमाडौंको आक्रमण राम्रो भएपनि हामीले त्यसलाई रोक्न रणनीति बुनिरहेका छौं । हामी फाइनल खेल्ने लक्ष्य राखेर नै मैदान उत्रन चाहन्छौं ।

ललितपुर सिटी एफसी

राजु तामाङ (प्रशिक्षक)

गाह्रो अवस्थामा माथि आएका छौं । त्यसरी नै राम्रो नतिजा निकाल्ने कोसिस गर्नेछौं । खेलाडीहरुको मनोबल उच्च रहेको छ । प्ले अफको सबै टिम राम्रो छ । त्यो भन्दा हामी राम्रो गर्ने कोसिस गर्नछौं ।

लगभग सबैले टोली बाहिरिसकेको अवस्थामा पुग्दा टोलीले राम्रो बुस्टअप गरेको हिसावले राम्रो गरेको । यसलाई म के मा जोड्न चहान्छु भने । ललितपुर सिटीको लोगो लाखेसँग जोडिएको छ । त्यसले गर्दा लाखेलाई जगाउन अलि समय लाग्छ, तर, अब यो जागिसक्यो । अब आउने खेलमा लाखेलाई रोक्न गाह्रै पर्छ जस्तो लाग्छ । हामी जित्नका लागि जान्छौं ।

लिग चरणका सुरुवाती चार खेलमा केहि कठिन भएपनि विस्तारै लय समातेको र अब त्यहि लयलाई कायम राखेर अगाडी बढ्ने बताए । टिममा सुरुवातमा दबाव भएपनि अब आफ्नो टिम ब्युझिसकेको र यसले राम्रो नतिजाको अपेक्षामा रहेको धारणा राखे ।

अन्जन विष्ट (कप्तान)

स्टेप बाइ स्टेप राम्रो हुदै आएको छ । हामीले सक्दो कोसिस गरिरहेका छौं । आशा गरौं आउने गेममा लिगको अन्तिम खेलमा भन्दा राम्रो गर्नेछौं । सुरुवातमा संघर्ष गर्नपर्यो । हुनसक्छ कहिले काँही भाग्यले पनि साथ नदिन सक्छ । हाम्रो मुख्य लक्ष्य जित्ने नै थियो ।

अन्तिम दुई खेल जितेर हामी प्ले अफमा छौं । जे होस हाम्रो सुरुदेखि अहिलेसम्म खेल्ने शैली एकै छ । आफुले गोल गरे भन्दा पनि टिमले जितेकोमा खुशी हुने । कसको गोल भन्दापनि टोलीको जितले महत्त्व राख्छ ।

बुटवल लुम्बिनी सिटी एफसी

उज्वल मानन्धर (सहायक प्रशिक्षक)

जितको लागि आउनेछौं । टिमको त्यही अनुसार तयारी भइरहेको छ । अभिषेक आउने बित्तिकै टिमसँग खेल्नुपरेको छ । विस्तारै अरु खेलाडीसँग सेट भइरहेको छ । ललितपुरको आक्रमण राम्रो छ र त्यसलाई रोक्ने लक्ष्यमा हुनेछौं ।

टिमले लिग चरणमा सोचेको जस्तो स्कोर गर्न नसकेको र स्ट्राइकर केहि चुकेको थिए, त्यो पक्षलाई मिलाएर ललितपुरविरुद्ध उत्रनेछौं ।

विराज महर्जन (कप्तान)

टिम राम्रो लयमा छ र तयारी पनि राम्रो रहेको छ । इन्ज्युरी त्यति छैन । त्यो कारणले पनि हामीलाई सहज हुनेछ । प्रशिक्षकको निर्देशन अनुसार खेल्नेछौं ।

स्कोर भएपनि राम्रोसँग अवसर निस्किरहेको छैन । त्यसलाई ध्यानमा राखेर प्रशिक्षण गरिरहेको छ । टिममा कोर्डिनेसन मिलाउन सके ललितपुरलाई कडा चुनौती दिँदै राम्रो नतिजा ल्याउनेछौं ।

विपक्षी टिमको रणनिती केहि हदसम्म थाहा भएकाले त्यहि अनुसारको रणनिती बनाएर खेल्नेछौं । करिम र विलियनले राम्रो खेलिरहेका छन् । सुरुमा विदेशी खेलाडीसँग समन्वय गर्न गाह्रो भएपनि दोस्रो र तेस्रो खेलमा उनीहरुसँग राम्रो समझदारी भएको छ । अहिले त्यो सबै मिलेकाले पनि राम्रो नतिजाको अपेक्षामा छु ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.