default_image

3 years ago

May 11, 2021

इनिष्टा थप दुई सिजन जापानी क्लब कोबेमै रहने

एजेन्सी – क्याटलान क्लब बार्सिलोना तथा स्पेनका पुर्व मिडफिल्डर आन्द्रेस इनिष्टाले जापानी क्लब भिसेल कोवेसँग नयाँ सम्झौता गरेका छन् । इनिष्टाले आफ्नो ३७ वर्षको जन्मदिनको अवसर पारेर जे लिग क्लब कोवेसँग थप दुई वर्षको सम्झौता नविकरण गरेका हुन् । यससँगै इनिष्टा २०२३ सम्म जापानी क्लमा रहनेछन् । बार्सिलोनाकै एकेडेमी ला मासियामा हुर्किएका इनिष्टाले बार्सिलोनामा १६ […]

61 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोना तथा स्पेनका पुर्व मिडफिल्डर आन्द्रेस इनिष्टाले जापानी क्लब भिसेल कोवेसँग नयाँ सम्झौता गरेका छन् ।

इनिष्टाले आफ्नो ३७ वर्षको जन्मदिनको अवसर पारेर जे लिग क्लब कोवेसँग थप दुई वर्षको सम्झौता नविकरण गरेका हुन् । यससँगै इनिष्टा २०२३ सम्म जापानी क्लमा रहनेछन् । बार्सिलोनाकै एकेडेमी ला मासियामा हुर्किएका इनिष्टाले बार्सिलोनामा १६ सिजन र समग्रमा २० बर्ष बार्सिलोनामा बिताएपछि उनी सन् २०१८ मा जापानी लिग क्लबमा तीन वर्षको लागि अनुबन्ध भएका थिए । अनुबन्ध सकिनै लाग्दा उनले कोवेमा नयाँ सम्झौता नविकरण गरेका हुन् ।

७ डिसेम्वर २०२० मा एएफसी च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा सांघाई सिपिगविरुद्ध २–० को जित निकालेको खेलमा उनले रिक्टस फेमोरि मसल्समा चोट बोकेपछि उनी टोली बाहिर रहेका थिए । उनले उक्त खेलमा एक गोल गरेका थिए । उनले यसै साता बार्सिलोनामा सफल शल्यक्रिया गरिसकेका छन् ।

मिडफिल्डका बादशाह मानिने कोवेका लागि यो सिजनसहित चार सिजनमा ७५ खेल खेल्दै १६ गोल तथा १८ असिस्ट दिएका छन् । उनको टिमले इम्पेरियर कप २०१९ र जापानीज सुपर कप २०२० को उपाधि जितेका छन् ।

बार्सिलोनामा हुँदा ९ पटक ला लिगा, ४ पटक च्याम्पियन्स लिग, ६ पटक कोपा डेल रे, तीन पटक क्लव विश्वकपको उपाधि जितेका इनियष्टाले स्पेनबाट एक विश्वकप र दुई युरोपक जितेका थिए । उनले स्पेनबाट १३१ क्याप जित्दै १३ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.