default_image

3 years ago

May 11, 2021

पहिलो हाफ – काठमाडौं र धनगढीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) –काठमाडौं रेजर्स र धनगढी एफसीले खुकुरी नेपाल सुपर (एनएसएल) को प्लेअफको पहिलो खेलको पहिलो हाफमा बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलको पहिलो हाफमा काठमाडौं र धनगढीले गोलरहित बराबरी खेलेका हुन् । पहिलो हाफमा काठमाडौंले दुई सुवर्ण अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । धनगढीले काठमाडौंको पोसटमा एक पनि राम्रो […]

49 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –काठमाडौं रेजर्स र धनगढी एफसीले खुकुरी नेपाल सुपर (एनएसएल) को प्लेअफको पहिलो खेलको पहिलो हाफमा बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलको पहिलो हाफमा काठमाडौं र धनगढीले गोलरहित बराबरी खेलेका हुन् । पहिलो हाफमा काठमाडौंले दुई सुवर्ण अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । धनगढीले काठमाडौंको पोसटमा एक पनि राम्रो आक्रमण बुन्न सकेका छैनन् ।

खेलको १६औं मिनेटमा स्टेफन विनोङ समिरको प्रहार क्रसमाबारमा लागेर फर्कदा काठमाडौं रेजर्स अग्रता लिनबाट चुक्यो । उनको प्रहारमा गोलरक्षक किरण चेम्जोङले कुनै अवसर नै पाएनन् । सोही फर्किएको बललाई सुदिल राईले नियन्त्रणमा लिन सकेनन् ।

लगत्तै १७औं मिनेटमा ओलावाले ओलाडिपो अफिजले मौका पाएपनि त्यसलाई सन्जोक राईले क्लियर गरिदिए । २८औं मिनेटमा विशाल राईले आफैले प्रहार गर्नुपर्ने बल पास दिदा टंक बस्नेतले भेट्न सकेनन् । ३७औं मिनेटमा सुदिल राईले पहिलो बार च्याप्दै गरेको प्रहारलाई गोलरक्षक किरण चेम्जोङले पञ्च गर्दै बचाए । पहिलो हाफमा थप गरिएको पहिलो मिनेटमा मेसौके ओलुमोउको फ्रिकिक फितलो बन्यो ।

यस खेलमा जित हात पार्ने टोलीले फाइनलमा स्थान बनाउनेछ । पराजित हुने टिमले पनि अर्को अवसर भने पाउनेछ । पराजित टोलीले २९ बैशाखमा हुने ललितपुर र बुटवल लुम्विनीबीचको विजेतासँग पुनः फाइनल प्रवेशका लागि ३० बैशाखमा खेल्नेछ । फाइनल १ जेठमा हुनेछ ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

May 2, 2024

पिएसजी विरुद्ध पहिलो लेगमा डर्टमुण्डलाई अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमीफाइनल अन्तर्गत पहिलो लेगको समाप्तिमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता बनाएको छ । घरेलु मैदानमा भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मान माथि १-० को जित दर्ता गरेको हो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा एकमात्र गोल गरे । डिफेन्स लाइन बार निको श्लोटरबेकले […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

May 1, 2024

आयोजक र काठमाडौं गोदावरी मेयर कपको क्वार्टरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – आयोजक गोदावरी नगरपालिका र काठमाडौं महानगरपालिका गोदावरीमा अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा बुधबार ललितपुर महानगरपालिकालाई पेनाल्टी सुट आउटमा ५–३ ले हराउँदै गोदावरी बि अन्तिम आठमा पुगेको हो । अर्को खलमा काठमाडौं महानगरपालिकाले बुढानिलकण्ठ नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–२ […]

Success

Thank you for your time.