default_image

5 years ago

May 11, 2021

काठमाडौलाई हराउँदै धनगढी फाइनलमा

198 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अतिरिक्त समयमा काठमाडौं रेजर्सलाई हराउँदै धनगढी एफसी खुकुरी नेपाल सुपर (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ ।

धनगढीले १–० ले पछि परेको अवसथामा उत्कृष्ट पूनरागमन गर्दै अतिरिक्त समयमा काठमाडौंलाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । निर्धारित समयमा १–१ गोलको बराबरी तथा थप गरिएको ३० मिनेटमा धनगढीले एक गोल गर्दै फाइन्लमा पुग्न सफल भएको हो ।

१०८औं मिनेटमा विशाल राईले गोल गर्दै धनगढीलाई २–१ को अग्रता दिलाए । १०५औं मिनेटमा ओलावाले ओलाडिपो अफिजको स्थानमा मैदान छिरेका रमेश दंगालको हेडर पासमा विशालले गोल गर्न सफल भएका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलको दोस्रो हाफमा काठमाडौंले सुरुवाती अग्रता लिएपनि धनगढीले बराबरी गोल फर्काउन सफल भएका हुन् । ७५औं मिनेटमा तेज तामाङले गोल गर्दै काठमाडौंलाई १–० को अग्रता दिलाए । उनले मेसौके ओलुमोउको क्रसलाई हेडमार्फत सदुपयोग गरेका थिए ।

एक गोलले पछि परेको धनगढीले पछि परेको तेस्रो मिनेटमा नै बराबरी गोल फर्काउन सफल भयो । ७८औं मिनेटमा पुजन उपरकोटीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । निशान लिम्बुको कर्नरलाई गोलरक्षक विकेश कुथुले पञ्च गरेपनि क्लियर हुन नसकेको बलमा गोलरक्षक अघि बढेको अवस्थामा पुजनले ओभर हेड किकमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन् ।

८९औं मिनेटमा सौजनको प्रहारलाई गोलरक्षक विकेशले बचाउँदै काठमाडौंको संकट टारे । त्यसअघि खेलको १६औं मिनेटमा स्टेफन विनोङ समिरको प्रहार क्रसमाबारमा लागेर फर्कदा काठमाडौं रेजर्स अग्रता लिनबाट चुक्यो । उनको प्रहारमा गोलरक्षक किरण चेम्जोङले कुनै अवसर नै पाएनन् । सोही फर्किएको बललाई सुदिल राईले नियन्त्रणमा लिन सकेनन् ।

लगत्तै १७औं मिनेटमा ओलावाले ओलाडिपो अफिजले मौका पाएपनि त्यसलाई सन्जोक राईले क्लियर गरिदिए । २८औं मिनेटमा विशाल राईले आफैले प्रहार गर्नुपर्ने बल पास दिदा टंक बस्नेतले भेट्न सकेनन् । ३७औं मिनेटमा सुदिल राईले पहिलो बार च्याप्दै गरेको प्रहारलाई गोलरक्षक किरण चेम्जोङले पञ्च गर्दै बचाए । पहिलो हाफमा थप गरिएको पहिलो मिनेटमा मेसौके ओलुमोउको फ्रिकिक फितलो बन्यो ।

११५औं मिनेटमा अन्जन राईले सुवर्ण अवसर पाएपनि चुकाउँदा काठमाडौं बराबरीबाट चुक्यो । ११८औं मिनेटमा अन्जन राई पुनः फ्रि हेडरमा चुक्दा काठमाडौं जितबाट वञ्चित बन्यो ।

धनगढी एफसीका सौजन राई इमिर्जिङ प्लेयर अफ दि म्याच घोषित भए । उनले १० हजार रुपैयाँ हात पारे । धनगढीकै फ्रान्कलिन कोटे टाला प्लेयर अफ दि म्याच घोषित भए । उनले २५ हजारसहित ट्रफी हात पारे ।

प्ले अफको पहिलो खेलमा पराजित भएपनि काठमाडौंले फाइनल प्रवेशका लागि अर्को अवसर पाएको छ । काठमाडौंले ललितपुर र बुटवल लुम्विनीबीचको विजेतासँग पुनः फाइनल प्रवेशका लागि ३० बैशाखमा खेल्नेछ । फाइनल १ जेठमा हुनेछ । प्लेअफमा बुधबार ललितवुर सिटी एफसी र बुटवल लुम्विनी एफसीबीच साँझ ५ः३० बजे प्रतिस्पर्धा हुनेछ ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.