default_image

3 years ago

May 12, 2021

म्यानचेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि

एजेन्सी – म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको सिजन २०२०-२१ सिजनको उपाधि जितेको छ । मंगलबारको खेलमा लेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेपछि सिटीको सातौं लिग उपाधि पक्का भएको हो । पेप गुआर्डीओलाको टोलीले ३५ खेलमा ८० अंक जोड्दै लिग उपाधि पक्का गरेको हो । अन्तिम तीन चरणको खेल बाँकी रहेको अवस्थामा दोस्रो स्थानको युनाइटेडसँग १० […]

62 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको सिजन २०२०-२१ सिजनको उपाधि जितेको छ । मंगलबारको खेलमा लेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेपछि सिटीको सातौं लिग उपाधि पक्का भएको हो ।

पेप गुआर्डीओलाको टोलीले ३५ खेलमा ८० अंक जोड्दै लिग उपाधि पक्का गरेको हो । अन्तिम तीन चरणको खेल बाँकी रहेको अवस्थामा दोस्रो स्थानको युनाइटेडसँग १० अंकको अग्रता बनाएपछि सिटीले पछिल्लो चार सिजनमा तेस्रो उपाधि पक्का गरेको हो ।

गुआर्डीओलाले सन् २०१६ मा सिटी आएयता आठौं घरेलु उपाधि जितेका हुन् । सिटीले यसै साता चेल्सीसँग घरेलु मैदानमा २-१ को हार बेहोरेपछि उपाधिका लागि केहि प्रतीक्षा गर्नुपरेको थियो । तर दोस्रो स्थानको युनाइटेडलाई लेस्टरले २-१ ले पराजित गरेपछि सिटीको विजय पक्का भएको हो । लेस्टरको जितमा लुक थोमस र काग्लार सोयुन्चुले गोल गर्दा मेसन ग्रिनवुडको बराबरी गोलले अंक दिलाउन सकेन ।

सिटीले दुई साताअघि मात्र लिग कपको उपाधि जितेको थियो । टोटेनहमलाई पराजित गर्दै सिजनको पहिलो उपाधि जितेको सिटीले यसै महिना च्याम्पियन्स लिगको फाइनल पनि खेल्दैछ । सिटीले सेमिफाइनलमा पेरिस सेन्ट जर्मेनलाई पराजित गरेको थियो ।

अब सिटीले च्याम्पियन्स लिगको उपाधिका लागि इंग्लिस क्लब चेल्सीको सामना गर्नेछ । यसै सिजनमा चेल्सीले एफए कपमा पनि सिटीलाई पराजित गरेको थियो । सन् २००८ मा आबुधाबी ग्रुपले स्वामित्व लिएयता सिटीले १२ उपाधि जितेको छ । एकै सिजनमा लिग उपाधि र लिग कप जितेको यो तेस्रो पटक हो ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.