default_image

5 years ago

May 12, 2021

एलिमिनेटरमा ललितपुर र बुटवल भिड्दै

183 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – खुकुरी नेपाल सुपर (एनएसएल) को प्ले अफको दोस्रो खेलमा आज (बुधबार) ललितपुर सिटी एफसी र बुटवल लुम्विनी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजेपछि हुनेछ ।

दुवै टोली जित निकाल्दै प्रतियोगितामा अघि बढ्ने लक्ष्यमा हुनेछन् । आजको खेलमा वर्तमान समयमा राष्ट्रिय टोलीबाट नियमित खेलिरहेका फरवार्डद्वय अन्जन विष्ट र अभिषेक रिजालको प्रतिस्पर्धाका रुपमा पनि लिन सकिन्छ । ललितपुरका कप्तान समेत रहेका अन्जनले प्रतियोगितामा उच्च प्रदर्शन गरिरहेका छन् भने अभिषेकले पछिल्ला दुई खेलमा प्रभाव जमाउन सकेका छैनन् । अभिषेक चाडका फरवार्ड अर्मान्ड बेदुमको स्ठानमा आएका हुन् ।

यस खेलमा विजयी हुने टोलीले दोस्रो इलिमेटरमा बिहीबार नै काठमाडौं रेजर्सको सामना गर्नेछ । काठमाडौं रेजर्सले पहिलो प्ले अफमा धनगढी फुटबल क्लबसँग अतिरिक्त समयमा २–१ ले पराजित भएपछि फाइनल प्रवेशको अर्काे मौका पाएको हो । धनगढीले भने फाइनलमा स्थान पक्का गरिसकेको छ ।

लिगको सुरुवाती चार खेलमा जित निकाल्न नसकेको ललितपुरले पछिल्लो दुई खेलमा जित दर्ता गर्दै शीर्ष चारमा रहेर प्ले अफमा स्थान बनाउन सफल भएको थियो । यस क्रममा ललितपुरले बुटवल लुम्विनीलाई १–० ले तथा विराटनगर सिटी एफसीलाई ४–० ले हराएको थियो । बुटवलविरुद्ध लिग चरणमा पाएको जितलाई निरन्तरता दिने लक्ष्यमा ललितपुर हुनेछ ।

टोलीसँग मार्की खेलाडी तथा कप्तान अन्जन विष्ट, कमल श्रेष्ठ, प्रवेश दनुवार, एरिक विष्ट, विमल राना, निरज बस्नेत, मिक्चेन तामाङ, डोना थापा, नविन लामा, गोलरक्षक अर्पण कार्की रहँदा विदेशी खेलाडीमा नुर्लान नोभ्रुजोभ, भिलिम पोसिन्कोभिक र पिटर सेगुन छन् । यस्तै सरोज योन्जन लामा, रन्जन विष्ट, पाल्साङ लामा गौरव बुढाथोकी पनि टोलीमा छन् ।

लिगको अन्तिम खेलमा प्ले अफमा स्थान पक्का गरिसकेको भनगढी एफसीलाई १–० ले पराजित गर्दै प्ले अफमा स्थान पक्का गरेको बुटवल लुम्विनी प्ले अफमा ललितपुरलाई हराउँदै इलिमेटरमा पुग्ने लक्ष्यमा हुनेछ । यस्तै टोली लिगमा भोगेको हारको बदला लिने लक्ष्यमा हुनेछ ।

टोलीसँग मार्की खेलाडी गोलरक्षक विशाल श्रेष्ठ, राष्ट्रिय टोलीका फरवार्ड अभिषेक रिजाल, डिफेन्समा विदेशी खेलाडी ओमोलाजा, कप्तान विराज महर्जन, मानबहादुर परियार र मिडफिल्डमा विलियम ओपोकु छन् । आशिष लामा, लक्ष्मण रुचाल, सुमन लामा, रविन श्रेष्ठ र सेसेहाङ आङदेम्बे पनि टोलीमा रहेका छन् ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैयाँ हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.