default_image

5 years ago

May 12, 2021

पहिलो हाफमा ललितपुर र बुटवल लुम्विनीको बराबरी

105 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर सिटी एफसी र बुटवल लुम्विनी एफसीले खुकुरी नेपाल सुपर (एनएसएल) को प्ले अफको दोस्रो खेलको पहिलो हाफमा बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा दुवै टोलीले गोलका केही मौका सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा पहिलो हाफमा गोलरहित बराबरी खेलेका हुन् ।

खेलको दोस्रो मिनेटमा एरि विष्टले गल्ती गर्दा लक्ष्मण रुचालले अघि बढाउँदै दिएको क्रसलाई पिटर सेगुनले ब्लक गर्दै बुटवल लुम्विनीले अग्रता लिनबाट चुक्यो । १२औं मिनेटमा अन्जन विष्टले क्रस गरेको बललाई गोलरक्षक विशाल श्रेष्ठले पञ्च गर्दा रिवाउन्डमा डोना थापाको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा ललितपुर अग्रता लिनबाट चुक्यो । १६औं मिनेटमा डोना थापाको गल्तीको फाइदा उठाउँदै सुमन लामाको प्रहार फितलो बन्दा गोलक्षक अर्पण कार्कीले सहजै नियन्त्रणमा लिए ।

२५औं मिनेटमा डोना थापाको पासमा नुर्लान नोभ्रुजोभ जाहिदको पेनाल्टी बक्सभित्रको प्रहारलाई गोलरक्षक विशाल श्रेष्ठले पञ्च गर्दै बचाए । रिवाउन्डमा विमल रानाको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । २९औं मिनेटमा नुर्लानको पासमा कमल श्रेष्ठको प्रहार पहिलो बारबाट बाहिरिदा काठमाडौं पुनः निराश बन्यो । ३१औं मिनेटमा लक्ष्मण रुचालको कर्नरमा विलियम ओपोकुको हेडरलाई गोलरक्षक अर्पणले बचाए ।

लगत्तै ३२औं मिनेटम नुर्लानले पेनाल्टी बक्समा सुवर्ण अवसर पाएपनि प्रहार गर्न ढिला गर्दा ललितपुरले अग्रता लिन सकेन । ३३औं मिनेटमा अन्जन विष्टको प्रहारमा विशाल नै बाधक बने । ४०औं मिनेटमा विलियम ओपोकुको वान भर्सेस वानको अवस्थाको प्रहारलाई गोलरक्षक अर्पण कार्कीले बचाएपनि नियन्त्रणमा लिन नसकेको बललाई आशिष लामाले सिक्स यार्ड बक्समा अवसर पाएपनि उनको प्रहार आकासिदा बुटवल लुम्विनीले अग्रता लिन सकेन ।

दुवै टोली जित निकाल्दै एलिमिनेटरमा पुग्ने लक्ष्यमा हुनेछ । यस खेलमा विजयी हुने टोलीले इलिमेटरमा बिहीबार नै काठमाडौं रेजर्सको सामना गर्नेछ । काठमाडौं रेजर्सले पहिलो प्ले अफमा धनगढी फुटबल क्लबसँग अतिरिक्त समयमा २–१ ले पराजित भएपछि फाइनल प्रवेशको अर्काे मौका पाएको हो । धनगढीले भने फाइनलमा स्थान पक्का गरिसकेको छ ।

लिगको सुरुवाती चार खेलमा जित निकाल्न नसकेको ललितपुरले पछिल्लो दुई खेलमा जित दर्ता गर्दै शीर्ष चारमा रहेर प्ले अफमा स्थान बनाउन सफल भएको थियो । यस क्रममा ललितपुरले बुटवल लुम्विनीलाई १–० ले तथा विराटनगर सिटी एफसीलाई ४–० ले हराएको थियो ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.