default_image

5 years ago

May 12, 2021

ललितपुर एलिमिनेटरमा, बुटवल पराजित

272 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मार्की खेलाडी तथा कप्तान अन्जन विष्टको एकमात्र गोलमा ललितपुर सिटी एफसीले खुकुरी नेपाल सुपर (एनएसएल) को फाइनल पुग्ने सम्भावना जीवितै राखेको छ ।

बुधबार भएको प्ले अफको दोस्रो खेलमा बुटवल लुम्विनी एफसीलाई १–० ले पराजित गर्दै एलिमिनेटरमा प्रवेश गर्दै फाइन्ल पुग्ने सम्भावना जीवितै राखेको हो । अब ललितपुरले फाइनल प्रवेशका लागि एलिमिनेटरमा काठमाडौं रेजर्सको सामना गर्नेछ ।

काठमाडौं रेजर्सले पहिलो प्ले अफमा धनगढी फुटबल क्लबसँग अतिरिक्त समयमा २–१ ले पराजित भएपछि फाइनल प्रवेशको अर्काे मौका पाएको हो । धनगढीले भने फाइनलमा स्थान पक्का गरिसकेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलको दोस्रो मिनेटमा एरिक विष्टले गल्ती गर्दा लक्ष्मण रुचालले अघि बढाउँदै दिएको क्रसलाई पिटर सेगुनले ब्लक गर्दै बुटवल लुम्विनीले अग्रता लिनबाट चुक्यो । १२औं मिनेटमा अन्जन विष्टले क्रस गरेको बललाई गोलरक्षक विशाल श्रेष्ठले पञ्च गर्दा रिवाउन्डमा डोना थापाको पोस्ट नजिकैबाट बाहिरिदा ललितपुर अग्रता लिनबाट चुक्यो ।

१६औं मिनेटमा डोना थापाको गल्तीको फाइदा उठाउँदै सुमन लामाको प्रहार फितलो बन्दा गोलक्षक अर्पण कार्कीले सहजै नियन्त्रणमा लिए ।२५औं मिनेटमा डोना थापाको पासमा नुर्लान नोभ्रुजोभ जाहिदको पेनाल्टी बक्सभित्रको प्रहारलाई गोलरक्षक विशाल श्रेष्ठले पञ्च गर्दै बचाए । रिवाउन्डमा विमल रानाको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।

२९औं मिनेटमा नुर्लानको पासमा कमल श्रेष्ठको प्रहार पहिलो बारबाट बाहिरिदा काठमाडौं पुनः निराश बन्यो । ३१औं मिनेटमा लक्ष्मण रुचालको कर्नरमा विलियम ओपोकुको हेडरलाई गोलरक्षक अर्पणले बचाए । लगत्तै ३२औं मिनेटम नुर्लानले पेनाल्टी बक्समा सुवर्ण अवसर पाएपनि प्रहार गर्न ढिला गर्दा ललितपुरले अग्रता लिन सकेन ।

३३औं मिनेटमा अन्जन विष्टको प्रहारमा विशाल नै बाधक बने । ४०औं मिनेटमा विलियम ओपोकुको वान भर्सेस वानको अवस्थाको प्रहारलाई गोलरक्षक अर्पण कार्कीले बचाएपनि नियन्त्रणमा लिन नसकेको बललाई आशिष लामाले सिक्स यार्ड बक्समा अवसर पाएपनि उनको प्रहार आकासिदा बुटवल लुम्विनीले अग्रता लिन सकेन ।

४९औं मिनेटमा डिफेन्डर विराज महर्जन र गोलरक्षक विशाल श्रेष्ठबीच तालमेल नमिल्दा विराजले दिएको ब्याकपासको फाइदा ललितपुरले उठाउन सकेन । विमल रानाले प्रयास गरेपनि विशालले जोगाए । ६१औं मिनेटमा कप्तान तथा मार्की खेलाडी अन्जन विष्टले गोल गर्दै ललितपुरलाई १–० को अग्रता दिलाए । पेनाल्टी एरिया नजिक तनी चार सटिक पास खेल्दै मिक्चेन तामाङले दिएको क्रस पासलाई अन्जनले डाइभिङ हेडरमार्फत गोल गर्न सफल भएका हुन् ।

६५औं मिनेटमा आशिष लामाले वान भर्सेस वानकै अवसरमा सुवर्ण अवसर पाएपनि गोलरक्षक अर्पणले डाइभ दिदै मुस्किले क्लियर गर्दै बराबरी टारे । ७९औं मिनेटमा ओमोलाजा नुरेन करिमको प्रहार पोलमा लागेर फर्कदा र रिवाउन्डमा सुमन लामाको प्रहार दोस्रो बारबाट बाहिरिदा बुटवल लुम्विनी बराबरीबाट चुक्यो । ८५औं मिनेटमा कमल श्रेष्ठको फ्रिकिक पोस्टको माथिबाट थोरै बाहिरिदा ललितपुर अग्रता दोब्बर पार्नबाट चुक्यो ।

८७औं मिनेटमा नुर्लानको पासमा एरिक विष्टले गरेको प्रहार डिफ्लेक्ट हुदा अन्जन विष्टको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । ललितपुरका मिक्चेन तामाङ इमर्जिङ खेलाडी घोषित भए । उनले १० हजार रुपैयाँ हात पारे । ललितपुरकै गोलरक्षक अर्पण कार्की प्लेयर अफ दि म्याच घोषित भए । उनले २५ हजारसँगै ट्रफी हात पारे ।

ललितपुरसँगको हारसँगै बुटवल लुम्विनी एनएसएलबाट बाहिरिएको छ । एनएसएलमा बुटवल लुम्विनीमाथि ललितपुरको यो लगातार दोस्रो जित हो । यसअघि लिग राउन्डमा पनि ललितपुरले बुटवल लुम्विनीलाई १–० ले पराजित गरेको थियो । एनएसएलमा भने ललितपुरको यो लगातार तेस्रो जित हो ।

लिगको सुरुवाती चार खेलमा ललितपुरले जित निकाल्न सकेको थिएन । एनएसएलमा भने ललितपुरको यो लगातार तेस्रो जित हो । लिगको सुरुवाती चार खेलमा ललितपुरले जित निकाल्न सकेको थिएन ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.