5 years ago
May 13, 2021
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं रेजर्सले खुकुरी नेपाल सुपर लिग (एनएसएल) को एलिमिनेटर खेलको पहिलो हाफमा ललितपुर सिटी एफसीविरुद्ध अग्रता लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा मेसौके ओलुमोउको दुई गोल मद्दतमा काठमाडौंले पहिलो हाफमा ललितपुरविरुद्ध २–० को अग्रता लिएको हो ।
आठौं मिनेटमा नुर्लान नोभ्रुजोभको पासमा भिलिम पोसिन्कोभिकले गोलरक्षक विकेश कुथु बिट भइसकेको अवस्थामा गरेको प्रहार बाहिरिदा ललितपुर अग्रता लिनबाट चुक्यो । नवौं मिनेटमा मेसौके ओलुमोउका पासमा स्टेफन विनोङ समिरको प्रहार क्रसबारमा लागेर फर्कदा रिवाउन्डमा आशिष राईको प्रहार दोस्रो बारबाट बाहिरिदा काठमाडौं अग्रता लिनबाट चुक्यो ।

१४औं मिनेटमा मेसौके ओलुमोउले गोल गर्दै काठमाडौंलाई १–० को अग्रता दिलाएका हुन् । कमल श्रेष्ठले पेनाल्टी बक्समा मेसौके ओलुमोउलाई लडाएपछि रेफ्री प्रज्वल क्षेत्रीले काठमाडौंलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा उनी चुकेनन् । गोलरक्षक अर्पण कार्कीले सही दिशामा डाइभ दिदै बचाउने प्रयास गरेपनि हातमा लाग्दै गोलमा परिणत भएको थियो ।
२२औं मिनेटमा मेसौके ओलुमोउले व्यक्तिगत दोस्रो गोल गर्दै काठमाडौंलाई २–० को अग्रता दिलाए । तेज तामाङको पासमा उनले पेनाल्टी बक्सभित्रबाट गरेको शक्तिशाली प्रहार गोलरक्षक अर्पण कार्कीको हातमा लाग्दै गोलमा परिणत भएको थियो । २८औं मिनेटमा अन्जन विष्टको पासमा गौरव बुढाथोकीको प्रहार बाहिरिदा ललितपुरले गोलअन्तर घटाउन सकेन ।
काठमाडौंले प्ले अफको पहिलो खेलमा धनगढी रेजर्ससँग अतिरिक्त समयमा २–१ ले पराजित भएपछि फाइनल खेल्ने अर्काे अवसर पाएको हो । यस्तै ललितपुरले प्ले अफको दोस्रो खेलमा बुटवल लुम्विनीलाई १–० ले हराउँदै एलिमिनेटरमा स्थान बनाउन सफल भएको थियो । यस खेलमा जित हात पार्ने टोलीले १ जेठमा धनगढी एफसीको सामना गर्नेछ ।
धनगढीले काठमाडौंलाई अतिरिक्त समयमा २–१ ले हराउाँदै फाइनलमा स्थान पक्का गरिसकेको छ । काठमाडौं रेजर्स ललितपुरलाई हराउँदै फाइनल पुग्ने दाउमा हुनेछ । एलिमिनेटर खेलका लागि ललितपुरले भन्दा काठमाडौंले एक दिन बढी विश्राम पाएको छ । तालिका अनुसार ललितपुरले २४ घन्टा नबित्दै अर्काे खेल खेल्न लागेको हो । काठमाडौं यसको फाइदा लिने योजनामा हुनेछ ।
नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।
लिगको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]