5 years ago
May 14, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको पहिलो संस्करणको उपाधिका लागि शनिबार धनगढी फुटबल क्लब र काठमाडौं रेजर्स फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल दशरथ रंगशालामा साँझ ५:३० बजे सुरु हुन्छ ।

काठमाडौं र धनगढीबीच पहिलो संस्करणमा नै तेस्रो पटक भिडन्त हुन लागेको हो । यसअघि दुवै खेलमा धनगढी विजयी भएको थियो । दुवै टोलीका कप्तान एवं प्रशिक्षकले फाइनलको पूर्वसन्ध्यामा खेलबारे आफ्नो धारणा प्रस्तुत गरेका छन् ।
तोपे फुजा (प्रशिक्षक – धनगढी एफसी)

हामीले काठमाडौंलाई लिग र प्ले अफमा गरी दुईपटक हराइसकेका छौं । तर फाइनललाई लिएर सचेत छौं, हामी विपक्षीलाई सम्मान दिएर खेल्नेछौं । विपक्षीलाई कमजोर नठानी आफ्नो गेम खेल्दै च्याम्पियन बन्नेछौं । केही खेलाडी घाइते भएपनि रिकभरीमा छन् । आशा छ उनीहरु फर्कनेछन् ।
किरण चेम्जोङ (कप्तान – धनगढी)

फाइनल यात्राको बारेमा भन्नुपर्दा सुरुवाती खेल गुमाएपनि त्यसपछि लगातार जित निकाल्दै प्ले अफमा पुग्न सफल भएका छौं । काठमाडौंसँग हाम्रो तेस्रो भेट हुनेछ । सबै खेलहरु सुपर थिए । कुनै खेल सहज थिएन । यसअघि खेल जितेपनि लिगमा भन्दा सेमिफाइनल र फाइनलमा बढी प्रतिस्पर्धा हुनेछ ।
काठमाडौं रेजर्स राम्रो टोली हो । भोलिको खेल पनि रोमाञ्चक र प्रतिस्पर्धात्मक हुनेछ । कप्तानको रुपमा मलाई राष्ट्रिय टोली र क्लबबाट जित्दाको महत्व उस्तै हुन्छ । राष्ट्र र आफुले खेलेको क्लब मेरो लागि बराबरी नै हो । कप्तानीको रुपमा क्लबबाट उपाधि जित्ने मौका आएको छ । आशा छ यसमा पनि जित हाम्रो नै हुनेछ ।
बालगोपाल महर्जन (प्रशिक्षक – काठमाडौं)

काठमाडौंमै भइरहेको लिगमा काठमाडौं रेजर्स फाइनलमा पुगेको छ । कोभिड महामारीले देशमा निषेधाज्ञा तथा लकडाउन र ठप्प भइरहेको अवस्थामा लिग उदाहारणको रुपमा भइरहेको छ । अहिलेको अवस्था घरमै बस्नु, हिडडुल गर्न नहुने अवस्थामा छ । यसपाली ट्रफी पनि घर बाहिर जान नदिई घरमै राख्ने हिसावले खेल्नेछौं ।
रह्यो कुरा लिग र प्ले अफमा हामी पराजित भयौं । त्यसको कमी कमजोरीलाई मध्यनजर गर्दै खेल्नेछौं । फेरि धनगढीसँग खेल्ने अवसर आएको छ । हार्ने मानसिकताले खेल्ने छैनौं । यो अवसरलाई गुमाउने छैनौ । आशा छ यो ट्रफी भ्यालीमै राख्नेछौं ।
आरामको समय कम हुँदा खेलमा पक्कै असर पारेक छ । भोलिको खेल भनेको फाइनल खेल हो । केही खेलाडीहरु घाइते छन् । उनीहरु रिकभरीको अवस्थामा छन् । केही खेलाडी नखेल्न सक्छन् । तर उनीहरुको स्थान लिन सक्ने बेञ्च हामीसँग छ ।
विकेश कुथु (कप्तान – काठमाडौं)

जसरी एनएसल सुरु हुने कुरा थियो । हामी सबै खेलाडी उत्साहित थियौ । यो सम्भव भयो । त्यसको लागि एनएसएल टिम, सरकारलगायत सबैलाई धन्यवाद । हामी खेलाडीले एउटा राम्रो अवसर पायौं । लिगमा धेरै उतारचढाव आएको जित, बराबरी र हारको नतिजा निकाल्यौं । यसबाट पठ सिक्दै फाइनलसम्म आइपुगेका छौं ।
उपाधि जित्ने हिसाबले नै खेल्नेछौं । धनगढीसँगको दुई हारले पाठ सिकेको सुधार्दै खेल्नेछौं । कप्तानको रुपमा पहिलो प्रतियोगिता अझै दर्शक भएको भए राम्रो हुने । त्यै पनि राम्रो भइरहेको छ । कप्तान रुपमा पहिलो उपाधि नजिक पुगेका छौं । आशा छ नतिजा सकरात्मक नै हुनेछ । व्यक्तिगत रुपमा पनि पहिलो कप्तानी अनुभव भएकाले सुखद अन्त्य गर्ने लक्ष्य छ ।

तपाईंको विचारमा कसले जित्ला उपाधि ? धनगढी वा काठमाडौं ?
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]