5 years ago
May 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल) को पहिलो सिजनको फाइनलमा आज (शनिबार) धनगढी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजे हुनेछ ।

एनएसएलमा २० दिन भित्र धनगढी र काठमाडौं तेस्रोपटक आमने सामने हुन लागेका हुन् । काठमाडौंले दोसो क्वालिफायरमा बिहीबार ललितपुर सिटीलाई पन्छाउँदै धनगढीसँग भेट पक्का गरेको थियो । यता धनगढीले भने पहिलो क्वालिफायरमा काठमाडौंमाथि अतिरिक्त समयमा २–१ को जित निकाल्दै फाइनल यात्रा हो । यस्तो अवस्थामा धनगढी काठमाडौंमाथि ह्याट्रिक जित निकाल्दै पहिलो सिजनको एनएसएल च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ ।
धनगढीसँग नाइजेरियन फरवार्ड ओलावाले ओलाडिपो अफिज नै मुख्य हतियार हुनेछ । तर, ह्यामस्टिङ चोटका कारण उनले पछिल्लो खेलमा परिवर्तन हुन परेको थियो । यसबाहेक टोलीसँग राष्ट्रिय टोलीका कप्तान तथा टोलीका आइकोनिक खेलाडी किरण चेम्जोङ, विशाल राई, दिनेश राजवंशी, फ्रान्कलिन कुटे टाल्ला, अशोक खवास, रुपेश केसी, निशान खड्का, सौजन राई, निशान लिम्बु, बुद्ध बल तामाङ, दर्शन गुरुङ र रमेश दंगाल टोलीमा छन् । यस्तै टंक बस्नेत, पुजन उपरकोटी, युद्ध शाही, टेकेन्द्र थापा र निराजन महर्जन टोलीमा छन् ।

यता, काठमाडौं पनि धनगढीसँगको हारको श्रृंखला तोड्दै च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ । धनगढीविरुद्ध मेसौके ओलुमोउ र स्टेफेन समिर नै मुख्य हतियार हुनेछ । मेसौकेले लिगमा ७ गोल गरिसकेका छन् । उनी लिगका एक्ला ह्याट्रिक कर्ता हुन् । यस्तै स्टेफन समिरले ३ गोल गरेका छन् ।
काठमाडौंसँग कप्तान तथा मार्की खेलमडी विकेश कुथु र तेज तामाङ, विश्वास श्रेष्ठ, सुदिल राई, आशिष गुरुङ, छिरिङ गुरुङ, आशिष राई र फ्लोरेन्ट कोर्वा रहेका छन् । यस्तै सुदिप शिख्रकार, विश्वास उदास, राजन गुरुङ, विनय श्रेष्ठ, रुमेश बर्तौला, अन्जन राई, प्रेजेन तामाङ र अमृत श्रेष्ठ टोलीमा छन् । ह्यामस्ट्रिङका कारण सन्जोक राईले खेल्ने सम्भावना न्यून छ ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा ११ बैशाखबाट शुरु भएको एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको थियो । राउण्ड रोबिन लिगपछि शीर्ष चार टोलीले प्ले अफ खेल्दै फाइनलसम्म स्थान बनाएको थियो । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीले सहभागिता जनाएका थिए ।
प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।
के भन्छन् प्रशिक्षक र कप्तान ?
तोपे फुजा (प्रशिक्षक – धनगढी एफसी)

हामीले काठमाडौंलाई लिग र प्ले अफमा गरी दुईपटक हराइसकेका छौं । तर फाइनललाई लिएर सचेत छौं, हामी विपक्षीलाई सम्मान दिएर खेल्नेछौं । विपक्षीलाई कमजोर नठानी आफ्नो गेम खेल्दै च्याम्पियन बन्नेछौं । केही खेलाडी घाइते भएपनि रिकभरीमा छन् । आशा छ उनीहरु फर्कनेछन् ।
किरण चेम्जोङ (कप्तान – धनगढी)

फाइनल यात्राको बारेमा भन्नुपर्दा सुरुवाती खेल गुमाएपनि त्यसपछि लगातार जित निकाल्दै प्ले अफमा पुग्न सफल भएका छौं । काठमाडौंसँग हाम्रो तेस्रो भेट हुनेछ । सबै खेलहरु सुपर थिए । कुनै खेल सहज थिएन । यसअघि खेल जितेपनि लिगमा भन्दा सेमिफाइनल र फाइनलमा बढी प्रतिस्पर्धा हुनेछ ।
काठमाडौं रेजर्स राम्रो टोली हो । भोलिको खेल पनि रोमाञ्चक र प्रतिस्पर्धात्मक हुनेछ । कप्तानको रुपमा मलाई राष्ट्रिय टोली र क्लबबाट जित्दाको महत्व उस्तै हुन्छ । राष्ट्र र आफुले खेलेको क्लब मेरो लागि बराबरी नै हो । कप्तानीको रुपमा क्लबबाट उपाधि जित्ने मौका आएको छ । आशा छ यसमा पनि जित हाम्रो नै हुनेछ ।
बालगोपाल महर्जन (प्रशिक्षक – काठमाडौं)

काठमाडौंमै भइरहेको लिगमा काठमाडौं रेजर्स फाइनलमा पुगेको छ । कोभिड महामारीले देशमा निषेधाज्ञा तथा लकडाउन र ठप्प भइरहेको अवस्थामा लिग उदाहारणको रुपमा भइरहेको छ । अहिलेको अवस्था घरमै बस्नु, हिडडुल गर्न नहुने अवस्थामा छ । यसपाली ट्रफी पनि घर बाहिर जान नदिई घरमै राख्ने हिसावले खेल्नेछौं ।
रह्यो कुरा लिग र प्ले अफमा हामी पराजित भयौं । त्यसको कमी कमजोरीलाई मध्यनजर गर्दै खेल्नेछौं । फेरि धनगढीसँग खेल्ने अवसर आएको छ । हार्ने मानसिकताले खेल्ने छैनौं । यो अवसरलाई गुमाउने छैनौ । आशा छ यो ट्रफी भ्यालीमै राख्नेछौं ।
आरामको समय कम हुँदा खेलमा पक्कै असर पारेक छ । भोलिको खेल भनेको फाइनल खेल हो । केही खेलाडीहरु घाइते छन् । उनीहरु रिकभरीको अवस्थामा छन् । केही खेलाडी नखेल्न सक्छन् । तर उनीहरुको स्थान लिन सक्ने बेञ्च हामीसँग छ ।
विकेश कुथु (कप्तान – काठमाडौं)

जसरी एनएसल सुरु हुने कुरा थियो । हामी सबै खेलाडी उत्साहित थियौ । यो सम्भव भयो । त्यसको लागि एनएसएल टिम, सरकारलगायत सबैलाई धन्यवाद । हामी खेलाडीले एउटा राम्रो अवसर पायौं । लिगमा धेरै उतारचढाव आएको जित, बराबरी र हारको नतिजा निकाल्यौं । यसबाट पठ सिक्दै फाइनलसम्म आइपुगेका छौं ।
उपाधि जित्ने हिसाबले नै खेल्नेछौं । धनगढीसँगको दुई हारले पाठ सिकेको सुधार्दै खेल्नेछौं । कप्तानको रुपमा पहिलो प्रतियोगिता अझै दर्शक भएको भए राम्रो हुने । त्यै पनि राम्रो भइरहेको छ । कप्तान रुपमा पहिलो उपाधि नजिक पुगेका छौं । आशा छ नतिजा सकरात्मक नै हुनेछ । व्यक्तिगत रुपमा पनि पहिलो कप्तानी अनुभव भएकाले सुखद अन्त्य गर्ने लक्ष्य छ ।
काठमाडौंको फाइनल यात्रा
काठमाडौंविरुद्ध ललितपुर (१–०) जित
धनगढीविरुद्ध काठमाडौं (३–०) हार
काठमाडौंविरुद्ध पोखरा (०–०) बराबर
बुटवल लुम्विनीविरुद्ध काठमाडौं (०–१) जित
काठमाडौंविरुद्ध विराटनगर (५–४) जित
चितवनविरुद्ध काठमाडौं (१–२) जित
काठमाडौंविरुद्ध धनगढी (१–२) (प्लेअफ)
काठमाडौंविरुद्ध ललितपुर (३–०) (प्लेअफ) जित
धनगढीको फाइनल यात्रा
विराटनगरविरुद्ध धनगढी (३–०) हार
धनगढीविरुद्ध काठमाडौं (३–०) जित
ललितपुरविरुद्ध धनगढी (१–१) बराबर
धनगढीविरुद्ध चितवन (३–०) जित
धनगढीविरुद्ध पोखरा (१–०) जित
धनगढीविरुद्ध बुटवल लुम्विनी (०–१) हार
काठमाडौंविरुद्ध धनगढी (१–२) (प्लेअफ) जित
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]