default_image

5 years ago

May 15, 2021

एनएसएल फाइनल – पहिलो हाफमा धनगढीविरुद्ध काठमाडौंको अग्रता

188 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं रेजर्सले पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल) को पहिलो सिजनको फाइनलको पहिलो हाफमा धनगढी सिटी एफसीविरुद्ध अग्रता लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको फाइनलमा काठमाडौंले पहिलो हाफमा १–० को अग्रता लिएको हो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो पोस्ट प्रहारमा काठमाडौंले गोल गर्दै अग्रता लिएको हो । विशाल राईबाट बल खोस्दै विश्वास श्रेष्ठले दिएको पासमा मेसौके ओलुमोउले २१औं मिनेटमा उत्कृष्ट फिनिस गरेका हुन् । जारी लिगमा उनको यो आठौं गोल हो ।

२१ मिनेटसम्मको पहिलो मुभमा नै काठमाडौंले गोल गर्न सफल भएका हुन् । २८औं मिनेटमा स्टेफन विनोङ समिरको फ्रिकिक पहिलो बारबाट थोरै बाहिरिदा काठमाडौं अग्रता दोब्बर पार्नबाट चुक्यो । ४५औं मिनेटमा तेज तामाङको पासमा मेसौके ओलुमोउले अशोक खवासलाई बिट गर्दै गरेको प्रहार आकासिदा काठमाडौं अग्रता लिनबाट चुक्यो । उनले सुदिल राई खाली रहेको अवस्थामा पास नदिई आँफै प्रहार गरेका थिए ।

एनएसएलमा २० दिन भित्र धनगढी र काठमाडौं तेस्रोपटक आमने सामने भएको हो । यसअघिको दुई खेलमा धनगढीले काठमाडौंलाई हराएको थियो । ३९औं मिनेटमा बुद्ध बल तामाङले हेडमार्फत मिलाइदिएको पासमा रुपेश केसीको प्रहार फितलो बन्दा धनगढी बराबरीबाट चुक्यो ।

काठमाडौंले प्लेअफमा बिहीबार ललितपुर सिटीलाई पन्छाउँदै धनगढीसँग भेट पक्का गर्दा धनगढीले प्ले अफमा काठमाडौंलाई प्लेअफमा अतिरिक्त समयमा २–१ को जित निकाल्दै फाइनल यात्रा हो । यस्तो अवस्थामा धनगढी काठमाडौंमाथि ह्याट्रिक जित निकाल्दै पहिलो सिजनको एनएसएल च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ । यता, काठमाडौं पनि धनगढीसँगको हारको श्रृंखला तोड्दै च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा ११ बैशाखबाट शुरु भएको एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको थियो । राउण्ड रोबिन लिगपछि शीर्ष चार टोलीले प्ले अफ खेल्दै फाइनलसम्म स्थान बनाएको थियो । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीले सहभागिता जनाएका थिए ।

प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.