default_image

5 years ago

May 15, 2021

धनगढीलाई हराउँदै काठमाडौं च्याम्पियन

245 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – लिग चरण र प्ले अफमा भोगेको हारको बदला लिदै काठमाडौं रेजर्स पहिलो फ्रेन्चाइज फुटबल लिग खुकुरी नेपाल सुपर लिग (एनएसएल) को पहिलो सिजनको च्याम्पियन बनेको छ ।

काठमाडौंले धनगढीलाई १–० ले हराउँदै च्याम्पियन बनेको हो । काठमाडौंलाई च्याम्पियन बनाउन पहिलो हाफमा विदेशी खेलाडी मेसौके ओलुमोउले गरेको गोल नै निर्णयक बन्यो । उनले खेलको २१औं मिनेटमा गोल गरेका थिए । काठमाडौं लिग चरणमा ३–० ले तथा तथा प्ले अफमा अतिरिक्त समयमा २–१ ले पराजित भएको थियो । धनगढीले जितो लयलाई निरन्तरता दिन नसक्दा उपाधिबाट वञ्चित बन्यो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको फाइनलमा काठमाडौंले पहिलो हाफमा १–० को अग्रता लिएको हो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो पोस्ट प्रहारमा काठमाडौंले गोल गर्दै अग्रता लिएको हो । विशाल राईबाट बल खोस्दै विश्वास श्रेष्ठले दिएको पासमा मेसौके ओलुमोउले २१औं मिनेटमा उत्कृष्ट फिनिस गरेका हुन् । जारी लिगमा उनको यो आठौं गोल हो । २१ मिनेटसम्मको पहिलो मुभमा नै काठमाडौंले गोल गर्न सफल भएका हुन् ।

२८औं मिनेटमा स्टेफन विनोङ समिरको फ्रिकिक पहिलो बारबाट थोरै बाहिरिदा काठमाडौं अग्रता दोब्बर पार्नबाट चुक्यो । ३९औं मिनेटमा बुद्ध बल तामाङले हेडमार्फत मिलाइदिएको पासमा रुपेश केसीको प्रहार फितलो बन्दा धनगढी बराबरीबाट चुक्यो । ४५औं मिनेटमा तेज तामाङको पासमा मेसौके ओलुमोउले अशोक खवासलाई बिट गर्दै गरेको प्रहार आकासिदा काठमाडौं अग्रता लिनबाट चुक्यो । उनले सुदिल राई खाली रहेको अवस्थामा पास नदिई आँफै प्रहार गरेका थिए ।

४६औं मिनेटमा निशान खड्काको क्रसलाई गोलरक्षक विकेश कुथुले नियन्त्रणमा नसकेको बललाई बुद्ध बल तामाङले प्रहार गरेपनि ढिला हुदा उनको प्रहार फ्लोरेन्ट कोरालाई लाग्दै फर्किदा धनगढी बराबरीबाट चुक्यो । ५१औं मिनेटमा निशान खड्काको कर्नरमा पुजन उपरकोटीले सुवर्ण अवसर खेर फाल्यो ।

५५औं मिनेटमा अशोक खवासले पोस्टमै गरेको प्रहारलाई गोलरक्षक विकेश कुथुले पञ्च गर्दै बचाउँदा धनगढी चुकचुकायो । ६५औं मिनेटमा विश्वास श्रेष्ठकै पासमा स्टेफन विनोङ समिरले फ्रान्कलिन कुटे टाल्लालाई बिट गर्दै गरेको प्रहारलाई गोलरक्षक किरण चेम्जोङले डाइभ दिदै बचाए । ७४औं मिनेटमा मेसौके ओलुमोउको फ्रिकिक क्रसबारमा लागेर फर्कदा काठमाडौंले अग्रता दोब्बर पार्न सकेन ।

८९औं मिनेटमा स्टेफन विनोङ समिरले दिनेश राजवंशीलाई बिट गर्दै गरेको प्रहार गोलरक्षक किरणले मुस्किलले बचाए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा स्टेफन समिरले मैदानको मध्यभागबाट गरेको प्रहार सदुपयोग हुन सकेन । अन्तिम समयमा गोलरक्षक किराण चेम्जोङ अगाढि बढेर खेलेको थियो ।

काठमाडौंका राजन गुरुङ खेलको इमर्जिङ खेलाडी घोषित भए । उनले १० हजार रुपैया र निभियाबाट आकर्षक उपहार प्राप्त गरे । काठमाडौंकै फ्लोरेन्ट कोरा प्लेयर अफदि म्याच घोषित भए । उनले २५ हजार रुपैयाँसहित ट्रफी हात पारे ।

उपाधिसँगै काठमाडौंले ३५ लाख रुपैयाँसहित शिल्ड हात पारेको छ । दोस्रो भएको धनगढीले १५ लाख रुपैया प्राप्त ग¥यो । । विजयी टोली तथा खेलाडीलाई एनएसएलका प्रमुख अश्रेयता कार्की चौधरी, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेश कुमार सिलवाल, चौधरी ग्रुपका प्रमुख विनोद चौधरी, एनएसएलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुदिप शर्मा, एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा, महासचिव इन्द्रमान तुलाधर र राखेप सदस्य हरि खड्का र सुभाष श्रेष्ठ लगायतले पुरस्कृत गरे ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा ११ बैशाखबाट शुरु भएको एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको थियो ।

राउण्ड रोबिन लिगपछि शीर्ष चार टोलीले प्ले अफ खेल्दै फाइनलसम्म स्थान बनाएको थियो । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीले सहभागिता रहेको थियो ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.