default_image

5 years ago

May 15, 2021

अन्जन उत्कृष्ट फरवार्ड, विश्वास इमर्जिङ खेलाडी घोषित

195 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर सिटी एफसीका मार्की खेलाडी तथा कप्तान अन्जन विष्ट पहिलो संस्करण खुकुरी नेपाल सुपर लिग (एनएसएल) को उत्कृष्ट फरवार्ड चुनिएका छन् ।

टोलीलाई प्ले अफमा पु¥याउन सफल भएका उनी लिगमा ८ खेलमा ३ गोल गरेका थिए । लिगको सुुरुवाती चार खेलमा जित निकाल्न नसकेपनि त्यसपछिको तीन खेलमा जित हात पार्दा अन्जनले उत्कृष्ट प्रदर्शन गर्दै ३ गोल पनि गरेका थिए । उनले १ लाख रुपैयाँ हात पारे ।

यस्तै च्याम्पियन काठमाडौं रेजर्सका मिडफिल्डर विश्वास श्रेष्ठ इमर्जिङ खेलाडी घोषित भएका छन् । काठमाडौंलाई च्याम्पियन बनाउँन विश्वासले महत्वपुर्ण भुमिका निभाएका थिए । उनले ५० हजार रुपैयाँ हात पारे । विश्वासले लिगको सुरुवाती खेलमा आफ्नो नियमित पोजिसन विङ्सबाट खेलेपनि दोस्रो खेलबाट लेफ्ट ब्याकको रुपमा खेलेका थिए ।

व्यक्तिगत विधातर्फको सवै विजेताले जनही १ लाख रुपैया हात पारे । यस्तै बुटवल लुम्विनी एफसीले फेयर प्ले अवार्ड हात पारेको छ । । विजयी टोली तथा खेलाडीलाई एनएसएलका प्रमुख अश्रेयता कार्की चौधरी, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेश कुमार सिलवाल, चौधरी ग्रुपका प्रमुख विनोद चौधरी, एनएसएलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुदिप शर्मा, एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा, महासचिव इन्द्रमान तुलाधर र राखेप सदस्य हरि खड्का र सुभाष श्रेष्ठ लगायतले पुरस्कृत गरे ।

व्यक्तिगत अवार्ड विजेता

इमर्जिङ खेलाडी – विश्वास श्रेष्ठ (काठमाडौं रेजर्स)

प्रशिक्षक – बाल गोपाल महर्जन (काठमाडौं रेजर्स)

गोलकिपर – किरण कुमार लिम्वु (धनगढी एफसी)

डिफेन्डर – दिनेश राजवंशी (धनगढी एफसी)

मिडफिल्डर – मेसौके ओलुमोउ (काठमाडौं रेजर्स)

फरवार्ड – अन्जन विष्ट (ललितपुर सिटी एफसी)

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.