5 years ago
May 15, 2021
काठमाडौं (हाम्रो खेलकुद)– पहिलो फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) को अधिकांश व्यक्तिगत अवार्ड फाइनल खेल्ने दुई टोलीका खेलाडीले जिते ।

फाइनल नपुग्ने टोलीमध्येबाट एक खेलाडीले मात्र उत्कृष्ट अवार्ड जित्न सफल भए । ललितपुर सिटी एफसीका कप्तान अन्जन विष्ट लिगको उत्कृष्ट फरवार्ड चुनिए । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रेहका कारण फाइनल खेलमा उपस्थित हुन नपाएका अन्जन एनएसएलका उत्कृष्ट फरवार्ड चुनिएका थिए ।
एनएसएलको च्याम्पियन टोली काठमाडौं रेजर्सका बालगोपाल महर्जन उत्कृष्ट प्रशिक्षक, मेसुके उत्कृष्ट मिडफिल्ड तथा धनगढी एफसीका किरण चेम्जोङ उत्कृष्ट गोलकिपर र दीनेश राजवंशी उत्कृष्ट रक्षक घोषित भएका थिए । उत्कृष्ट सबैले समान १-१ लाख रुपैयाँ प्राप्त गरे । काठमाडौंका विश्वास श्रेष्ठ इमर्जिङ प्लेयर चुनिए र ५० हजार रुपैयाँ प्राप्त गरे । बुटवल लुम्बनी एफसीले फेयर प्ले अवार्ड जित्यो ।
फाइनलमा पुर्याउन नसकेकोमा अन्जनले ललिपुरका समर्थकसँग माफी मागेका थिए । सुरुवाती ४ खेलमा ३ अंक जोडेर निकै दबाबमा रहेको ललितपुर त्यसपछि लगातार २ खेल जित्दै प्ले अफका लागि चुनिएको थियो । अन्तिम २ खेलमा अन्जनले टोलीका लागि ३ गोल गरेका थिए । दोस्रो प्ले अफमा बुटवललाई हराउँदै ललितपुर इलिमेनटरमा पुगेको थियो । अघिल्ला ४ खेलमा भने अन्जनले सन्तोषजक प्रदर्शन गरे पनि गोलको खाता खोल्न सकेका थिएनन् ।

उनले एनएसएलले नेपाली फुटबल विकासमा अर्को एउटा सिढी थप्ने विश्वास लिएका छन् । आफ्नो टोलीको खेल सकिएपछि उनले भनेका थिए, ‘यो हामी खेलाडीका लागि प्रतिस्पर्धात्मक फुटबल खेल्ने राम्रो अवसर हो । आउने दिनमा एनएसएल अझै प्रतिस्पर्धात्मक हुने विश्वास छ ।’
विश्वास श्रेष्ठले काठमाडौंका लागि यस सिजन डिफेन्स र आक्रमण दुवै भूमिकामा जिम्मेवारी वहन गरे । यसअघि बालगोपाल महर्जनकै प्रशिक्षणमा खेलेकाले केहि सहज भएको उनले बताए । ‘ बालगोपाल सरकै प्रशिक्षणमा उमेर समूहमा पनि खेलेको थिएँ । त्यसैले टोलीलाई आवश्यकता परेपछि डिफेन्स खेलेको हुँ । उपाधि जित्ने टोलीलाई योगदान दिन पाउँदा निकै खुसी छु,’ उनले भने ।

धनगढीका कप्तान किरण चेम्जोङ लिगको सर्वोत्कृष्ट गोलरक्षक चुनिए । तर उनी टोलीले हारेकोमा बढी दुखित देखिए । ‘फाइनलमा हाम्रो आक्रमण चल्न सकेन । अगाडी राम्रो प्रदर्शन हुन नसक्दा उपाधि जित्न सकेनौं । दोस्रो हाफ राम्रो भएपनि गोल निस्केन । म सधैं जित्नुपर्छ भन्ने लक्ष्य लिएर अघि बढ्ने खेलाडी हुँ, त्यसैले पनि केहि समय बाँकी हुँदा आफैं आक्रमणमा पनि पुगें । तर हामी हर्न पुग्यौं,’ उनले थपे ।

विजयी टोलीका प्रशिक्षक बालगोपाल महर्जनले उपाधि काठमाडौंमा नै राख्न पाउँदा खुसी व्यक्त गरे । ‘हामीले पछिल्ला खेलमा हार बेहोर्दाका गल्ति सुधार गर्यौं । पहिलो संस्करणको लिगको उपाधि काठमाडौंमा नै राख्न पाउँदा खुसी छौँ । खेलाडीले रणनीति परिवर्तन गरेपनि एकै रुपमा प्रदर्शन गर्न सके । निकै खुसी छु,’ उनले भने ।

लिगका उत्कृष्ट डिफेन्डर दीनेश राजवंशीले फाइनलमा पराजित हुँदा दुख लागेको बताए । ‘ फाइनलमा आक्रमणकै कमजोरीका कारण हार्न पुग्यौं । आक्रमणले दबाब नै बनाउन नसक्दा हामीले धेरै थेग्न सकेनौं,’ उनले भने,’ रक्षात्मक रुपमा हाम्रो प्रदर्शन राम्रो रहयो । म आफैं सेन्टर डिफेन्समा यसअघि पनि खेलेकाले कुनै समस्या थिएन । आक्रमण राम्रो भएको भए जित्ने थियौं होला ।’

लिगका सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट फरवार्ड मेसुके ओलोमोउले सुपर लिग जित्दा खुसी व्यक्त गरे । ‘सुपर लिगको स्तर ए डिभिजन भन्दा उच्च छ । हामीले निकै मिहिनेत गरेर सफलता हासिल गरेका हौं । पछिल्ला खेलमा पराजित हुँदा आज जसरि नि गोल गर्नुपर्छ भन्ने थियो, त्यसमा सफल भयौं,’ उनले भने ।

December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]