default_image

3 years ago

May 16, 2021

मेस्सीसँगै हालान्ड पनि बार्सिलोनाको प्राथमिकतामा

एजेन्सी – झन्डै दुई दशकदेखि क्याटलन क्लब बार्सिलोनाबाट खेल्दै आएका अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सी क्लबसँगको नयाँ सम्झौता नजिक छन् । क्लबका कप्तान समेत रहेको मेस्सीको हालको सम्झौता यो सिजनको अन्त्यसम्म रहेको छ । तर अझै पनि नयाँ सहमति हुन सकेको छैन । यस्तो अवस्थामा क्लबले उनलाई राख्न प्रयास गर्नेछ । तर पछिल्लो समय बार्सिलोनाले ३४ […]

38 views

0 Bookmark

एजेन्सी – झन्डै दुई दशकदेखि क्याटलन क्लब बार्सिलोनाबाट खेल्दै आएका अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सी क्लबसँगको नयाँ सम्झौता नजिक छन् ।

क्लबका कप्तान समेत रहेको मेस्सीको हालको सम्झौता यो सिजनको अन्त्यसम्म रहेको छ । तर अझै पनि नयाँ सहमति हुन सकेको छैन । यस्तो अवस्थामा क्लबले उनलाई राख्न प्रयास गर्नेछ । तर पछिल्लो समय बार्सिलोनाले ३४ वर्षीय मेस्सीको सम्झौतासँगै युवा स्टार एर्लिङ ब्राउट हालान्डलाई प्राथमिकतामा राख्न थालेको छ ।

बेलायती पत्रिका दि सनका अनुसार क्लबले मेस्सीको सम्झौतासँगै जर्मन क्लब बोरुसिया डर्टमुृन्डका नर्वेजियन युवा स्टार हालान्डलाई प्राथमिकतामा राखिएको जनाएको छ । हालान्ड अनुबन्धमा बार्सिलोनालाई आर्थिक चुनौती हुने भनिदै आएपनि सनका अनुसार क्लबले मेस्सीलाई पनि क्लबमा राख्दै हालान्ड अनुबन्ध गर्ने योजना बनाएको छ ।

चरम आर्थिक संकट झेलिरहेको बार्सिलोनाले यस सिजन मेस्सीलाई क्लबमा राख्दै हालान्डलाई अनुबन्ध गर्न सके क्लबलाई फाइदा पुग्ने अनुमान गरिएको छ । तर बार्सिलोनाका निम्ति हालान्ड अनुबन्ध आफैमा चुनौतीपूर्ण छ । खेलाडीको पारिश्रमिक कटौती गर्नुपर्ने हुन्छ साथै बार्सिलोनाले आफ्नो खेलाडी बेच्दै क्लबमा आर्थिक मजबुत पार्नु जरुरी छ । हालान्ड अनुबन्ध गर्न क्लबले कम्तिमा ११० मिलियन युरो खर्चनुपर्नेछ ।

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.