default_image

3 years ago

May 23, 2021

विगत सम्झेर जब सुआरेज भावुक बने

एजेन्सी – एट्लेटिको म्याड्रिडले शनिबार ला लिगामा जितेपछि फरवार्ड लुइस सुआरेज भावुक भए । एटलेटिकोका लागि पछिल्लो दुवै खेलमा विजयी गोल गरेका उनले आफ्नो आँसु रोक्न सकेनन् । रियल भालाडोलिडलाई २–१ ले हराउँदै एट्लेटिकोले उपाधि पक्का गर्दा सुआरेजले निर्णायक गोल गरेका थिए । यो सिजन त्यो उनको सिजनको २१ औं गोल थियो । बार्सिलोनाका प्रशिक्षक […]

71 views

0 Bookmark

एजेन्सी – एट्लेटिको म्याड्रिडले शनिबार ला लिगामा जितेपछि फरवार्ड लुइस सुआरेज भावुक भए । एटलेटिकोका लागि पछिल्लो दुवै खेलमा विजयी गोल गरेका उनले आफ्नो आँसु रोक्न सकेनन् ।

रियल भालाडोलिडलाई २–१ ले हराउँदै एट्लेटिकोले उपाधि पक्का गर्दा सुआरेजले निर्णायक गोल गरेका थिए । यो सिजन त्यो उनको सिजनको २१ औं गोल थियो ।

बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले सुआरेज आफ्नो प्राथमिकतामा नरहेको बताएपछि सिजनको सुरुवातमा उनी एट्लेटिको पुगेका थिए । ‘यो साच्चै कठीन थियो,’ आँसु लुकाउने कोशिस गर्दै उनले भने, ‘मेरो लागि अवस्था सहज थिएन । मेरो मनोबल कमजोर भएको थियो । त्यस्तो बेलामा एट्लेटिकोले मेरो लागि ढोका खोलेको थियो ।’

बार्सिलोनाका अन्तिम दिनहरु आफ्ना लागि निकै पीडादायिक रहेको पनि उनले स्मरण गरे । उनले भने,’मेरो श्रीमती, बच्चाहरु सबै दुःखी थिए । वर्षौ देखि मैले बिताएको क्षेत्र फुटबलमा पनि मलाई कठिन भएको थियो ।’

केहि गुनासो हुँदा हुँदै सुआरेजले आफू र एट्लेटिको परिवारलाई सिजनको सफलतामा गर्व लागेको बताएका छन् । ‘हाम्रा लागि यो वर्ष उत्कृष्ट रह्यो । कठिनाई रहे । त्यसका वावजुद हामीले एकरुपताको प्रदर्शन गर्यौं र च्याम्पियन बन्यौं, ‘उनले भने, ‘सिजनको सुरुवात निकै प्रभावकारी रह्यो । त्यो सामान्य थिएन ।’

अन्त्यमा उनले आफूले ला लिगा जित्दा बार्सिलोनाका सुपर स्टार लिओनल मेस्सी खुसी भएको हुन सक्ने अनुमान गरे । उनले भने, ‘उनी खुसी होलान्, किनकी हामी साथी हौं ।’ मेस्सीको बार्सिलोना यसपटक तेस्रो हुँदा रियल म्याड्रिडले दोस्रो हुँदै सिजनको अन्त्य गरेको थियो ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.