default_image

3 years ago

May 26, 2021

जिदान रियलमै बस्नेमा बेन्जेमा ढुक्क

एजेन्सी– रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले क्लब छाड्ने आफूलाई नलागेको फरवार्ड करिम बेन्जेमाले बताएका छन् । यद्दपी जिदानले रियल छाड्ने चर्चा चल्दै आएको छ । सिजन समाप्तीको क्रममा रहँदै बेन्जेमाका लागि खुसीको खबर आएको थियो । ६ वर्षपछि उनी फ्रान्सको राष्ट्रिय टोलीमा समेटिएका छन् । रियलमा उच्च प्रदर्शन गरेपछि उनी यसै महिना सुरु हुने युरोपियन […]

97 views

0 Bookmark

एजेन्सी– रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले क्लब छाड्ने आफूलाई नलागेको फरवार्ड करिम बेन्जेमाले बताएका छन् । यद्दपी जिदानले रियल छाड्ने चर्चा चल्दै आएको छ ।

सिजन समाप्तीको क्रममा रहँदै बेन्जेमाका लागि खुसीको खबर आएको थियो । ६ वर्षपछि उनी फ्रान्सको राष्ट्रिय टोलीमा समेटिएका छन् । रियलमा उच्च प्रदर्शन गरेपछि उनी यसै महिना सुरु हुने युरोपियन च्याम्पियनसिपका लागि टोलीमा परेका हुन् ।

‘जिदान अहिले पनि रियलका प्रशिक्षक छन् । मलाई लाग्दैन उनले छाड्ने छन् । हेर्दै जाउ उनले छाड्ने छैनन्’, अन्तवार्तामा बेन्जेमाले भनेका छन्, ‘यदि छाडे भने त्यति बेला थाहा होला । तर अहिलेका लागि जिदान विनाको रियल मैले देखेको छैन ।’

एकै देशका जिदान र बेन्जेमाबीच सधै सकारात्मक सम्बन्ध रहँदै आएको छ । बेन्जेमाले गल्ति गर्दा जिदानले त्यसलाई औल्याउने गरेका छन् ।

‘जिजु जहिले पनि म प्रति इमान्दार छन् । नजिक छौं र साँचो बोल्छन्, राम्रो होस् वा नराम्रो दुवै अवस्थामा उनले मलाई भन्छन् । त्यो खेलमा होस् वा प्रशिक्षणमा । मप्रति सधै खुला छन् । उनी सिधा भन्ने गर्छन । त्यसले पनि म उनलाई अतिनै आदार गर्छु । जसले मलाई मैदानमा मनोबल दिन्छ’,उनले भने ।

बेन्जेमाले जिदानलाई आफ्नो प्रशिक्षकका साथ ठूलो दाईका रुपमा लिएको बताएका छन् । ‘उनले जहिले पनि मलाई साथ दिएका छन्,’ उनले थपे,’ राम्रो गर्दा होस् वा नराम्रो गर्दा । हरेक वर्ष राम्रो भन्दा राम्रो गर्नका लागि उनीले मलाई सहयोगगर्दै आएका छन् ।’

फ्रान्सेली टोलीमा पूनरागमन

बेन्जेमा फ्रान्सेली टोलीमा फर्कदा धेरैलाई आश्चार्य लागेको थियो । सम्भवतः उनी आफैले पनि आश्चार्यमा परेका थिए । उनले आफ्नो टोलीमा फर्केको समाचारकै माध्यमबाट फर्केको बताएका छन् ।

‘म म्याड्रिडको घरमा थिएँ । मलाई धेरै म्यासेज आइरहेको थियो । हल्ला चलिरहेको थियो । मैले पनि अरुले जस्तै टेलिभिजनमा हेर । मेरा नातेदारहरुको फोन पनि आयो,’ उनले भने, प्रशिक्षकसँग मेरो भेट भएको थियो । तर उनले त्यति बेला म टोलीमा पर्दैछु भन्ने केहि बताएनन् । फुटबल बाहेक अन्य थुप्रै विषयमा हाम्रा बीचमा लामो कुराकानी भएको थियो ।’

बेन्जेमाले प्रशिक्षक र उनका बीचमा जीवन, परिवारलगायत अन्य विषयमा पनि चर्चा भएको बताए । ‘तर कुनै पनि समय उनले मलाई युरोपियन च्याम्पियनसिपमा म जाँदैछु भनेनन्,’ उनले अनुमान गरे, ‘हाम्रा बीचको कुराकानी पछि सायद उनले ठूलो कदम चालेको हुनुपर्दछ । यो सकारात्मक हो । अनि मैले अझै मेहनत गर्ने निश्चय गरेको छु ।’

बेन्जेमाले उच्च प्रदर्शन गर्नका बावजुद रियल भने यो सिजन उपाधिविहिन रह्यो । एट्लेटिको म्याड्रिडले ला लिगा र बार्सिलोनाले कोपा डेल रे उपाधि जितेका थिए । ‘हाम्रो टोलीमा धेरैलाई चोट लाग्यो,’ उनले अन्त्यमा भने, ‘हामीले कुनै पनि समयमा आफ्नो स्वभाविक टोली भएर खेल्न पाएनौं ।’

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.