default_image

3 years ago

May 28, 2021

एलेग्री पुनः युभेन्ट्सको प्रशिक्षक नियुक्त

एजेन्सी – युभेन्ट्सले मासिमिलियानो एलेग्रीलाई पुनः प्रशिक्षक नियुक्त गरेको छ । आन्द्रे पिर्लोलाई बर्खास्त गरेको केहि घन्टा पछि नै युभेन्ट्सले एलेग्रीलाई प्रशिक्षक नियुक्त गरेको हो । सिजनको सुरुवातामा माउरिजियो सारीलाई बर्खास्त गर्दै युभेन्ट्से इटालीका पूर्व अन्तर्राष्ट्रिय ४२ वर्षे पिर्लोलाई आश्चार्यजनक रुपमा जिम्मेवारी दिएको थियो । उनको नेतृत्वमा युभेन्ट्स सिरिएमा चौथो बन्यो । सन् २०१२ यता […]

43 views

0 Bookmark

एजेन्सी – युभेन्ट्सले मासिमिलियानो एलेग्रीलाई पुनः प्रशिक्षक नियुक्त गरेको छ । आन्द्रे पिर्लोलाई बर्खास्त गरेको केहि घन्टा पछि नै युभेन्ट्सले एलेग्रीलाई प्रशिक्षक नियुक्त गरेको हो ।

सिजनको सुरुवातामा माउरिजियो सारीलाई बर्खास्त गर्दै युभेन्ट्से इटालीका पूर्व अन्तर्राष्ट्रिय ४२ वर्षे पिर्लोलाई आश्चार्यजनक रुपमा जिम्मेवारी दिएको थियो । उनको नेतृत्वमा युभेन्ट्स सिरिएमा चौथो बन्यो । सन् २०१२ यता टोली पहिलो पटक सिरि ए जित्न असफल भएको थियो ।

एलेग्रीले युभेन्ट्सलाई २०१४ देखि २०१९ सम्म प्रशिक्षण दिएका थिए । उनको नेतृत्वमा युभेन्ट्सले ५ पटक सिरिए, ४ वटा कोपा इटालियन जितेको थियो भने २ पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो ।

‘अब हामी फेरि एलेग्री ल्याउन तयार भएका छौं । भविष्यमा टोलीलाई थप व्यसायिक र बलियो बनाउनका लागि उनलाई भित्र्याएका हौं’, क्लबले विज्ञप्तीमार्फत भनेको छ । २०१९ को जुनमा युभेन्ट्स छाडेयता ५३ वर्षे एलेग्री फुटबलबाट अलग छन् ।

पिर्लोले टोलीलाई सुपर कप र कोपा इटालिया दिलाएपनि क्लबका लागि त्यो पर्याप्त मानिएको छैन । पिर्लोले खेल जीवनमा युभेन्ट्सका लागि १ सय ६४ खेल खेलेका थिए । एसी मिलानबाट युभेन्ट्स पुगेपछि २०११ देखि २०१५ सम्म उनले टोलीलाई ४ पटक सिरिए उपाधि जितेका थिए ।

खेल जीवनको लामो समय मिलानमा बिताएका उनले २ च्याम्पियन्स लिग र २ पटक सिरिए जितेका थिए । इटालीका लागि १ सय १६ क्याप जितेका उन सम्मलित टोलीले २००६ मा विश्व कप जितेको थियो । युभेन्ट्सले उनलाई धन्यवाद दिएको छ ।

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.