default_image

3 years ago

May 29, 2021

च्याम्पियन्स लिग फाइनल : थाहा हुनुपर्ने ६ तथ्य

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको फाइनलमा यसपटक दुई इंग्लिस टोली म्यानचेस्टर सिटी र चेल्सीबीच उपाधि भिडन्त हुँदैछ । खेल नेपाली समयानुसार शनिबार मध्यरात १२:४५ बजे सुरु हुनेछ । पेप गुआर्डीओलाको प्रशिक्षणमा रहेको म्यानचेस्टर सिटी क्लब इतिहासमै पहिलो पटक च्याम्पियन्स लिग उपाधि जित्न चाहन्छ । त्यस्तै चेल्सीका प्रशिक्षक थोमस टुचेल गत सिजन फाइनलमा पराजित भएपछि यसपटक […]

157 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको फाइनलमा यसपटक दुई इंग्लिस टोली म्यानचेस्टर सिटी र चेल्सीबीच उपाधि भिडन्त हुँदैछ । खेल नेपाली समयानुसार शनिबार मध्यरात १२:४५ बजे सुरु हुनेछ ।

पेप गुआर्डीओलाको प्रशिक्षणमा रहेको म्यानचेस्टर सिटी क्लब इतिहासमै पहिलो पटक च्याम्पियन्स लिग उपाधि जित्न चाहन्छ । त्यस्तै चेल्सीका प्रशिक्षक थोमस टुचेल गत सिजन फाइनलमा पराजित भएपछि यसपटक उक्त अवसर गुमाउन चाहदैनन् । फाइनलअघि दुवै टोलीबारे जान्नुपर्ने ६ तथ्य यसप्रकार छन् :

१. इतिहास चेल्सीको पक्षमा

चेल्सीले प्रशिक्षक थोमस टुचेललाई नियुक्त गरेपछि सिटीविरुद्ध खेलेको दुवै खेलमा जित हासिल गरेको छ । पछिल्लो पटक चेल्सीले सिटी माथि कम्तिमा लगातार तीन जित दर्ता गर्दा २००५ देखि २००९ को सिजनमा लगातार ८ खेल जितेको थियो । अब त्यसै लयलाई कायम राख्नुपर्ने अवस्था छ ।

२. फाइनलमा नयाँ टोली हारेको इतिहास

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको वा युरोपेली प्रतियोगिताको फाइनल पुग्ने नवौं टोली हो । यो संख्या अन्य इटाली र जर्मनी को ६-६ क्लबभन्दा बढी हो । तर च्याम्पियन्स लिग फाइनल खेल्ने पछिल्लो १० नयाँ टोलीमा एकपटक मात्र नयाँ टोलीले उपाधि उठाएको इतिहास छ । गत सिजन पेरिस सेन्ट जर्मेन र त्यसअघि टोटेनहम हट्स्पर फाइनलमा पराजित भएका थिए ।

सन् १९९७ मा बोरुसिया डर्टमुन्डले च्याम्पियन्स लिग जितेपछि नयाँ टोलीले फाइनलमा जित हासिल गर्न सकेका छैनन् । त्यसबेला डर्टमुन्डले युभेन्टसलाई ३-१ ले स्तब्ध पारेको थियो । इंग्लिस टोलीमा पहिलो अवसरमा नै उपाधि जित्ने एस्टन भिल्ला थियो । सन् १९८२ मा भिल्लाले बायर्न म्युनिखलाई हराएको थियो ।

३. दुवै टोली रक्षात्मक रुपमा बलियो

चेल्सी र सिटी दुवैले यस सिजन च्याम्पियन्स लिगमा बलियो प्रदर्शन गरेका छन् । दुवै टोलीले प्रतियोगिता अवधिभर जम्मा ४ गोल खाएका छन् । सन् २००५-०६ यता दुवै टोलीले कम गोल खाएको यो पहिलो अवसर हो । त्यसबेला फाइनलअघि आर्सनलले २ र बार्सिलोनाले ४ गोल खाएका थिए ।

४. रियलको कीर्तिमान बराबरी गर्ने सिटीको प्रयास

गुआर्डीओलाको म्यानचेस्टर सिटीले यस सिजन च्याम्पियन्स लिगमा ११ खेल जितिसकेको छ । अब सिटीलाई रियलको कीर्तिमान बराबरी गर्ने अवसर छ । सन् २००१-०२ सिजनमा रियल म्याड्रिडले १२ जितको कीर्तिमान राखेको थियो । त्यसबेला रियलले १७ खेलमा यो कीर्तिमान हासिल गरेको थियो । सिटी भने १३ खेलमा नै जितको कीर्तिमान राख्ने संघारमा छ ।

५. जिदान र एन्चेलोटीलाई पछ्याउँदै गुआर्डीओला

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गुआर्डीओला व्यक्तिगत कीर्तिमान पछ्याइरहेका छन् । उनले यसअघि सन् २००९ र २०११ मा बार्सिलोनाको नेतृत्व गर्दै च्याम्पियन्स लिग उपाधि जितेका थिए । सिटीले उपाधि जितेको खण्डमा उनी तीन च्याम्पियन्स लिग जित्ने तेस्रो प्रशिक्षक बन्नेछन् । यसअघि कार्लो एन्चेलोटी (२००३, २००७, २०१४) र जिनेदिन जिदान (२०१६, २०१७, २०१८) ले तीन उपाधि जितेका छन् ।

६. लगातार तेस्रो सिजन नयाँ फाइनलिस्ट

च्याम्पियन्स लिगको फाइनलमा नयाँ टोली पुगेको यो लगातार तेस्रो अवसर हो । सन् २०१९ मा टोटेनहम हट्सपर र सन् २०२० मा पेरिस सेन्ट जर्मेनले पहिलो पटक फाइनल खेलेका थिए । तर दुर्भाग्यवश दुवै फाइनलमा पराजित भएका थिए । यसअघि सन् १९८६ देखि १९८८ मा पनि तीन नयाँ टोली फाइनलमा पुगेका थिए । (स्टेउया बुकारेस्ट, पोर्टो र पिएसभी आइनदोभन)

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.