5 years ago
June 14, 2021
एजेन्सी – युरोपेली च्याम्पियनसिपको समूह चरणको खेलमा आज (सोमबार) राति समूह ‘डी’ को स्कटल्यान्ड र स्लोभाकियाले प्रतिस्पर्धा गर्दा समूह ‘ई’ को दुई खेल हुँदैछ ।

समूह ‘ई’ मा रहेको पोल्यान्डले सेन्ट पिटर्सवर्ग रसियामा स्लोभाकियासँग खेल्दैछ । खेल नेपाली समयअनुसार राति ९:४५ बजे हुनेछ । पछिल्लो तीन खेलमा जित निकाल्न नसकेको पोल्यान्ड स्लोभाकियालाई हराउँदै जितको लयमा फर्कन चाहन्छ ।
लय गुमाएको पोल्यान्डले गत मार्चमा विश्वकप छनोटमा एन्डोरालाई ३–० ले हराएपछि तीन खेलमा जित निकाल्न सकेको छैन । यस्तोमा दुई बराबरी र एक हारको नतिजा छ । सोही कारण पनि स्लोभाकिया बलियो विपक्षी टोली नभएपनि खेलमा चर्काे दवाव पक्कै हुनेछ ।
पोल्यान्ड टिमका मुख्य खेलाडी निर्विवाद रूपमा रोबर्ट लेवान्डोस्की नै हुन् । उनी आफै भने लयमा रहेपनि टोलीसँग तालमेल मिल्न सकेको छैन । पोल्यान्डसँग कप्तान लेवान्डोस्कीसँगै पिओटर जिलेन्स्की, मेट्स्ज क्लिच, जाकुव मोडर, जान बेडनारेक, कामिल जिलिक र गोलरक्षक वजएिसस सेजेस्नीको साथ रहेको छ ।

यता, आफै पनि निकै उतारचढावपूर्ण लयबाट गुज्रिरहेको स्लोभाकिया पनि पोल्यान्डलाई रोक्ने दाउमा हुनेछ । टोलीसँग ओन्ड्रेज डुडा, रोबर्ट माक, मारेक हाम्सिक, लुकास हरास्लिन, मिलान स्क्रिनिएर र मार्टिन डुभराभकाको साथ रहेको छ । स्लोभाकियाले पछिल्लो १३ खेलमा तीन जित निकाल्दा ६ बराबरी र चार हारको नतिजा निकालेको छ । स्लोभाकिया पछिल्लो पाँच खेलमा अपराजित रहेपनि एकमात्र जितको नतिजा छ ।
यि दुई टोली २०१३ पछि पहिलोपटक एक आपसमा भिड्न लागेका हुन् । त्यसबेला मैत्रीपुर्ण खेलमा स्लोभाकिया २–० ले विजयी भएको थियो । त्यसअघि २०१२ को मैत्रीपूर्णमा पोल्यान्डले १–० को जित पाएको थियो ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]