default_image

5 years ago

June 14, 2021

स्वीडेनसँग स्पेनको परीक्षा

143 views

0 Bookmark

एजेन्सी – तीनपल्टको युरोपेली च्याम्पियन स्पेनले आज राति घरेलु मैदानमा स्वीडेनको सामना गर्दैछ । खेल सेभियामा नेपाली समयअनुसार राति १२:४५ बजेपछि हुनेछ ।

सन् २००८ देखि २०१२ बीचमा तीन उपाधि जितेको स्पेनको टोली अहिले सोही अवस्थामा नरहँदा सोही अवस्थामा फर्कने लक्ष्यमा रहेको छ । त्यो पुस्ता (२००८–२०१२) का खेलाडी हराइसके । पछिल्ला केही वर्ष स्पेनका लागि खासै सुखद रहेन । अब नयाँ अनुहारले टिममा प्रवेश पाइसकेको छ । स्विडेनको सामना गर्दा स्पेन एउटा नयाँ युग सुरु गर्न चाहन्छ ।

स्पेनले पछिल्ला तीन ठूला प्रतियोगितामा क्वाटरफाइनल भन्दा अघि बढ्न सकेको छैन । त्यसैले यसपटक स्पेनलाई सोही दवाव पनि रहेको छ । प्रशिक्षक लुइस एनरिकले टोलीका अनुभवी कप्तान सर्जियो रामोसलाई फिटनेसको कारण देखाउँदै टोलीमा समेटेनन् । लामो समयपछि स्पेन रामोसबिना ठूलो प्रतियोगितामा होमिएको छ ।

तर त्यसको ठीक विपरीत टिममा नयाँ युवा खेलाडीले बाहुल्याता जमाएका छन् । जर्मनीजस्तो बलियो टोलीविरुद्ध नेसन्स लिगमा ह्याट्रिक पुरा गरेका फेरान टोरेस यही नयाँ पुस्तामा उदाएका छन् । कप्तान सर्जियो बुस्क्वेट्स कोरोना संक्रमणका कारण टोली नरहँदा स्पेनलाई थप दवाव हुनेछ ।

टोलीसँग अल्भारो मोराटा, जेरार्ड मोरेनो, पेड्री, रोड्री, मार्काेस लोरेन्टे, जोडी अल्वा, पाउ टोरेस, एमेरिक लापोर्टा, सिसर एज्पिलिक्वेटा र गोलरक्षक युनाई सिमोन रहनेछन् । यस्तै एरिक गार्सिया, थियागो अलकान्तरा, कोकी, ड्यानियल ओल्मो, पाब्लो साराविया, एडमा ट्राओरे र मिकेल ओयरजावाल पनि टोलीमा रहेका छन् ।

नेसन्स लिगमा युक्रेनसँग १–० ले स्तब्ध भएको स्पेन त्यसयता (युरोअघिको अन्तिम अभ्यास खेल स्पेन यु–२१ र लिथुआनिया) सहित ८ खेलमा अपराजित छ । यही बीचमा स्पेनले जर्मनीमाथि ६–० को सानदार जित हात पारेको थियो ।

यता, स्वीडेन पनि आफ्नो भेट्रान तथा अनुभवी फरवार्ड ज्लाटन इब्राहिमोभिचविना युरोमा उत्रिनेछ । चोटका कारण ज्लाटन इब्राहिमोभिच टिममा छैनन् । स्वीडेन आफै पनि नयाँ पुस्ताका खेलाडीमा निर्भर हुनेक्रममा छ । एलेक्जान्डर इसाक र जोर्डन जस्ता दुई युवा खेलाडीले स्पेनमाथि दबाब सिर्जना गर्न सक्नेछन् । मार्कस वर्ग, एमिल फोर्सवर्ग, क्रिस्टोफोर ओल्सेन, अल्विन एक्दल, भिक्टोर लिन्डेलफ, रोविन ओल्सेन र सेवास्टिन लार्सन टोलीमा रहँदा डिजान कुलसेभ्स्कीले कोभिडका कारण खेल गुमाउनेछन् ।

नोभेम्वरमा नेसन्स लिगमा फ्रान्ससँग ४–२ ले पराजित भएयता पोल्यान्डले सबै पाँच खेलमा जित निकालेको छ । स्वीडेन सोही जितको लयलाई कायम राख्ने दाउमा हुनेछ । पछिल्लो दुई खेलमा स्पेन एक खेलमा विजयी हुदा एक खेल बराबरीमा सकिएको छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.