default_image

5 years ago

June 14, 2021

स्कटल्यान्डमाथि चेक रिपब्लिकको सनसनीपुर्ण जित

149 views

0 Bookmark

एजेन्सी – जर्मन क्लब बायर लिभरकुसनका फरवार्ड प्याट्रिक सिकको दुई गोल मद्दतमा चेक रिपब्लिकले स्कटल्यान्डमाथि सनसनीपुर्ण जित हात पारेको छ ।

युरोपेली च्याम्पियनसिप अन्तर्गत सोमबार राति भएको समूह चरणको खेलमा स्कटल्यान्डलाई २–० को जित निकालेको हो । ह्याम्प्डेन पार्क ग्लास्गोमा सोमबार राति भएको खेलमा चेकको जितमा सिकले दुई गोल गरे । प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा दुवै टोलीले खेलको सुरुवातदेखि नै आक्रमक फुटबल खेलेका थिए ।

१६औं मिनेटमा जाकुव जान्कटोको पासमा प्याट्रिक शिकको प्रहारलाई स्कटल्यान्डका गोलरक्षक डेभिड मार्सलले बचाए । १८औं मिनेटमा एन्ड्रिउ रोबर्टसनको पासमा लेन्डन डेकेसको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा स्कटल्यान्ड अग्रता लिनबाट चुक्यो । ४२औं मिनेटमा प्याट्रिक शिकले गोल गर्दै चेकलाई अग्रता दिलाए । कर्नरबाट आएको बललाई स्कट म्याकटोमिनेले ब्लक गरेपनि भ्लादिमिर कोउफलले गरेको क्रसलाई प्याट्रिकले हेडरमार्फत गोल गर्न सफल भएका थिए ।

४७औं मिनेटमा प्याट्रिककै प्रहारलाई गोलरक्षक मार्सलले विफल पारे । लगत्तै ४८औं मिनेटमा एन्ड्रिउ रोबर्टसनको प्रहार क्रसबारमा लागेर बाहिरिदा २३ वर्षपछि ठुलो प्रतियोगिता खेलिरहेको स्कटल्यान्ड बराबरीबाट चुक्यो । लगत्तै रोबर्टसनकै पासमा थोमस कालासले राम्रोसँग क्लियर हुन नसकेको बललाई चेकका गोलरक्षक थोमस भाक्लिकले पञ्च गर्दै बचाउँदा स्कटल्यान्ड बराबरीबाट चुक्यो ।

५२औं मिनेटमा प्याट्रिकले दर्शनीय दोस्रो गोल गर्दै चेकको अग्रता दोब्बर पारे । थोमस सौउसेकले काउन्टर अट्याकमा फालेको पासमा ज्याक हेन्ड्रीले गल्ती गरेपछि प्याट्रिकले मैदानको मध्यभागबाटै गोलरक्षक अघि बढेको अवस्थामा गरेको लामो प्रहारले जाली चुमेको थियो । गोलरक्षक मार्सलले बचाउने प्रयास गरेपनि सफल भएनन् ।

६१औं मिनेटमा आम्सट्रङले अवसर गुमाउदा स्कटल्यान्डले गोल अन्तर घटाउन सकेन । लगत्तै ६२औं मिनेटमा डेकेसको सिक्स यार्ड टाढाको प्रहारलाई भाक्लिकले नियन्त्रणमा लिए । ६६औं मिनेटमा डेकेसको प्रहारमा भाक्लिक बाधक बने । ७७औं मिनेटमा स्टेफेन ओडोन्नेलको पासमा स्कट म्याक टोमिनेको भली प्रहार क्रसबारबाट थोरै बाहिरियो ।

८१औं मिनेटमा होलेजेकको पासमा प्याट्रिकले अवसर चुकाउदा उनी ह्याट्रिकबाट चुके । ८४औं मिनेटमा जेम्स फोरेस्टले बोरिलाई बिट गर्दै गरेको प्रहारलाई ओन्ड्रेज सेलुस्ट्काले ब्लक गर्दै गोल टारे । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा माइकल क्रेमेसिकको प्रहारलाई गोलरक्षक मार्सलले बचाए ।

चेकले ११ वर्षपछि स्कटल्यान्डलाई हराएको हो । चेकले पछिल्लोपटक स्कटल्यान्डलाई ९ अक्टोवर २०१० मा युरो छनोटको खेलमा १–० ले पराजित गरेको थियो । त्यसयता यि दुई टोली चारपटक आमनेसामने हुदा चेकले एक खेल बराबरीमा रोक्दा तीन खेल गुमाएको थियो । सन् २०११ मा २–२ गोलको बराबरी खेल्दा त्यसपछि चेकले २०१६ मा १–०, २०२० मा २–१ र १–० ले पराजित भएको थियो ।

यो जितसँगै समूह ‘डी’ मा ३ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान ३ अंक भएपनि गोल अन्तरमा इंग्ल्यान्ड दोस्रो स्थानमा छ । क्रोएसिया तेस्रो तथा स्कटल्यान्ड पुछारमा छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.