default_image

5 years ago

June 15, 2021

च्याम्पियन पोर्चुगललाई हंगेरीको चुनौती

201 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियनसिपमा आज राति समूह ‘एफ’ को दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । साविकको विजेता पोर्चुगलले घरेल टोलीको आतिथ्यता गर्दा विश्वविजेता तथा युरोको साविक उपविजेता फ्रान्सले जर्मनीको सामना गर्दैछ ।

हंगेरी र पोर्चुगलबीचको खेल पुस्कार एरिना बुडापेस्ट हंगेरीमा नेपाली समयअनुसार राति ९ः४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा हंगेरी पोर्चुगललाई स्तब्ध पार्ने लक्ष्यमा मैदान उत्रनेछ । पहिलोपटक युरोकप आयोजना गरिरहेको हंगेरी फुटबलको लागि डिफेन्डिङ च्याम्पियन पोर्चुगलविरुद्धको खेल इतिहासकै सर्वाधिक महत्वको रुपमा रहनेछ ।

हंगेरीका लागि पोर्चुगलको सामना गर्नु सजिलो भने हुनेछैन । हंगेरीका प्रशिक्षक मार्के रोसीले पोर्चुगलविरुद्ध खेल्दा संयमित र सक्दो मिहेनत गरेर खेल्ने बताएका छन् । एडाम सज्लाई, नेमान्जा निकोलिक, इन्ड्री बोट्का, विल्ली अर्वन, एटिल्ला सेज्लाई र गोलरक्षक पिटर गुलाक्सीको साथ रहेको छ ।

हंगेरी गत सेप्टेम्वरमा रसियासँग ३–२ ले पराजित भएयता ११ खेलमा अपराजित छ । जसमा ७ जित र ४ बराबरीको नजिता छ ।
यता, पोर्चुगल डिफेन्डिङ च्याम्पियनको हैसियतमा मैदान उत्रदा स्वभाविक रुपमा उपाधि रक्षा गर्ने दाउमा हुनेछ । ‘ग्रुप अफ डेथ’ मानिएको समूहबाट हंगेरीलाई हराउँदै अघिल्लो चरणको यात्रालाई सहज बनाउने योजनामा हुनेछ । दुई बलिया प्रतिद्वन्द्वी फ्रान्स र पोर्चुगलविरुद्ध भिड्नुअघि हंगेरीविरुद्ध निश्चित जित निकाल्न चर्काे दवाव हुनेछ ।

सबैको नजर क्रिस्टियानो रोनाल्डोमै हुनेछ । कारण उनले हंगेरीविरुद्धको खेलबाट अनेक कीर्तिमान बनाउन सक्नेछन् । मुख्य कुरा उनी इरानका अली दाईको १०९ अन्तर्राष्ट्रिय गोलबाट मात्रै ५ गोल मात्रै टाढा छन् । पछिल्लो समय टोलीका नियमनि सदस्य रहेका जाओ क्यान्सेलो कोरोना संक्रमणका कारण टोलीबाहिर रहँदा उनको स्थानमा डिएगो डालोट आएका छन् ।

हंगेरीविरुद्धको दवाव चिर्न टोलीसँग कप्तान रोनाल्डोसँगै ब्रुनो फर्नान्डेस, जोआओ फेलिक्स, डिएगो जोटा, आन्द्र सिल्भा, रेनाटो साञ्चेज, गोन्कालो गुइडेस, जाओ पाल्हिन्हा, विलियम कार्भाल्हो, जोओ मौटन्हो, रुवेनि डियास, नेल्सन सेमेडो, जोस फोन्टे, पेपे, रुई सिल्भा र रुई प्याट्रिसियो रहेका छन् ।

पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले टोली समूह चरणबाट अघि बढ्न नसके त्यो असफलता हुने बताएका छन् । उनले यस खेलका लागि सबै शक्ति खर्चने र बलियो टोलीलाई चुनौती दिन सक्षम रहेको बताएका छन् ।

पोर्चुगल गत नोभेम्वरमा नेसन्स लिगमा फ्रान्ससँग १–० ले पराजित भएयता ६ खेलमा अपराजित छ । जसमा चार जित र दुई बराबरीको नतिजा छ ।

यि दुई टोलीको तीन भेटमा पोर्चुगल दुई खेलमा विजयी भएको छ । २०१६ को युरो कपको समूह चरणमा ३–३ गोलको बराबरी खेल्दा त्यसपछि २०१८ को विश्वकपको छनोट चरणको खेलमा ३–० र १–० को जित निकालेको छ । हंगेरीविरुद्ध रोनाल्डोको इतिहास राम्रो रहेको छ । उनले हंगेरीविरुद्धको तीन खेलमा चार गोल गरेका छन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.