default_image

5 years ago

June 15, 2021

फ्रान्स र जर्मनी खेल्दै

262 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियनसिपको सबैभन्दा महत्वपुर्ण र रोमाञ्चक खेलमा आज राति विश्वविजेता फ्रान्स र जर्मनी आमने सामाने हुँदैछ । एलिएन्ज एरिना म्युनिख जर्मनीमा यि दुई टोलीबीच नेपाली समयअनुसार राति १२ः४५ बजे हुने खेललाई निकै महत्वका साथ हेरिएको छ ।

ग्रुप अफ डेथ मानिएको यो समूह ‘एफ’ मा पोर्चुगल र हंगेरी पनि रहेका छन् । हंगेरीलाई यो समूहमा अन्डरडगको रुपमा हेरिएको छ । विश्वकप विजेता फ्रान्सलाई यसपल्टको युरोमा सबैभन्दा बलियो दाबेदार टोलीमा रुपमा हेरिएको छ । २०१६ मा पनि दावेदार टोलीमा रुपमा रहेपनि घरेलु मैदानमा फाइनलमा पोर्चुगलसँग चुकेको थियो ।

त्यसयता लगातार गज्जवको प्रदर्शन गरिरहेको फ्रान्सले विश्वकपको ट्रफी उचाल्दा आफ्नो लयलाई अझैपनि कायम राखेको छ । नम्वर ‘नाइन’ पोजिसनका करिम बेन्जेमाले ६ वर्षपछि राष्ट्रिय टोलीमा पूनरागमन गर्दा यही समयमा केलियन एमबाप्पे स्टार खेलाडीको रुपमा उदाउँदा छन् । ओलिभर जिरुड फ्रान्सको सर्वाधिक गोलकर्ता बन्ने लक्ष्यमा छन् । चोटका कारण करिम बेन्जेमाले जर्मनीविरुद्ध खेल्ने सम्भावना न्युन छ ।

यता, जर्मनी भने प्रशिक्षक जोचिम लोको नेतृत्वमा अन्तिम प्रतियोगिता खेलिरहेको छ । पछिल्लोपल्ट लोको नेतृत्वमा जर्मनीको प्रदर्शन उत्साहजनक हुन सकेको छैन । उनकै प्रशिक्षणमा ब्राजिललाई ७–१ को नमिठो हार चखाएको जर्मनीले यसैवर्ष स्पेनसँग ६–० को नमिठो हार चाखिसकेको छ । जोचिम लो जर्मनीका लागि आफ्नो अन्तिम प्रतियोगितालाई सुखद अन्त्य गर्न चहान्छ । तर, जर्मनीले समूह चरणमा फ्रान्ससँगै पोर्चुगल र हंगेरीको चुनौती पन्छाउनुपर्ने हुन्छ ।

टोलीसँग थोमस मुलर म्याट हमेल्स जोडिदा काई हाभर्टज, टिमो वेर्नर, सर्ज जिनाब्री, केभिन भोलान्ड, जमल मुसियाला, रोविन गोसेन्स, योसुवा किम्मिख, इल्केए गुन्डोगान, टोनी क्रुस, निकलस सुल र म्यानुयल नुएर जास्ता विश्वस्तरीय खेलाडी रहेका छन् ।

‘फ्रान्स पछिल्लो समय विश्व फुटबलको सबैभन्दा सन्तुलित टिम हो । फ्रान्सले कसरी फुटबल खेल्छ भनेर अनुमान गर्न सक्छौं, तर कहिलेकाहीं यो कसैको क्षमताभन्दा बाहिरको हुन्छ । हाम्रो टिमको अहिलेको माहोला राम्रो छ । आत्मविश्वासी भएर खेल्नेछौं । नतिजा आफ्नो पक्षमा पार्न सकिन्छ,’ प्रशिक्षक लोले भनेका छन् ।

फ्रान्सेली प्रशिक्षक डिडिएर डेसच्याम्पले जर्मनीसँग धेरैपल्ट खेलिसकेको बताउँदै नजिता जे पनि हुन सक्ने बताएका छन् ।

यि दुई टोलीको पछिल्लो ८ खेलको नतिजामा फ्रान्स चार खेलमा विजयी हुदा जर्मनीले दुई खेल जितेको छ । दुई खेल बराबरीमा सकिएको छ ।
पछिल्लो पाँच खेलमा फ्रान्स जर्मनीसँग अपराजित छ ।

सन् २०१४ को विश्वकपको क्वाटरफाइनलमा फ्रान्स जर्मनीसँग १–० ले पराजित भएको थियो । त्यसयता फ्रान्सले ३ खेल जित्दा २ खेल बराबरीमा सकिएको छ । पछिल्लोपटम २०१८ को नेसन्स लिगमा फ्रान्सले २–१ को जित निकालेको थियो ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.